कृष्णप्रसाद सापकोटा, बागलुङ २०७५ माघ ८ । बागलुङ नगरपालिकाा–४ कुँडुले देखि ठुलास्वाँरा सम्मको सडकको स्तरउन्नोती तथा ढलान कार्य सुरु भएको छ ।
पञ्चकोटको प्रवेश द्धार तथा बागलुङ नगरपालिका वडा नम्वर ५,६,७, म्याग्दीको गौश्वराका स्थानिय आवत जावत गर्न प्रयोग हुने सो सडक ढलान गर्न लागिएको हो । बागलुङ नगरपालिकाको रिङ रोड अन्तरगतको सो सडक खण्ड लामो समय सम्म मर्मत तथा स्तरोन्नती हुन नसक्दा स्थानियबासीन्दा सास्ती भोग्दै आएका छन् ।
अघिल्लो बर्ष देखी सडक स्तरवृद्धिको काम सुरु गरिएको भएपनी रकम अभावका कारण पुर्णता पाउन सकेको थिएन ।
बागलुङ नगरपालिका द्धारा आर्थिक बर्ष ७५÷७६मा विनीयोजित ४० लाख तथा स्थानियको करिव ९ लाखको लागत मा ४ सय २० मिटर सडक स्तरोन्नती हुने उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
बानपा ४ कुडुले देखि ठुलास्वाराँ सम्म ५५३ मिटर सडक कच्ची अवस्थामा रहेता पनी विनियोजित बजेटले करिव ४०० मिटर सडक ढलान गरिने आचार्यले बताए । सडकको ५मिटिर चौडाईमा ढलान गरीने र २६ घनमिटर ग्याविन लागाइने उनको भनाई थियो ।
धार्मिक पर्यटकिय गन्त्यव्यको रुपमा विकास हुदै गैरहेको पञ्चकोट लगाएत बानपा ५,६,७ तथा म्याग्दीको गौस्वारा जाने कुडुले तर्फको सडकको केहि भाग कच्ची रहेकाले यात्रा कष्टकर हुदै आएको थियो ।
उपभोक्ता समिति मार्फत सडक निमार्णको जिम्मा लिएको सर्वसिद्ध कन्ट्रक्सनले स्थानियको आवस्यकता अनुसार निमार्णको कार्यलाई तिव्रता दिएको र आगामि २ महिनामा कार्य सम्पन्न हुने गरी कार्य गरिएको सर्वसिद्ध कन्ट्रक्सनका संचालक सालिकराम उपाध्यले बताए । साथै निमार्ण अवधिभर यस सडक खण्डमा सवारी साधनको आवतजावत बन्द गरिएको समेत उनले बताए ।