शव्द/चित्र : झरना कँडेल
बुर्तिवाङ, २०७५ माघ ९ । हिँजो दिनभर मौसम चिसो रह्यो । बागलुङ जिल्लाको पश्चिमी भेगको माथिल्लो भागहरु मात्र नभएर जिल्ला अन्य भागहरुका अग्ला डाँडाहरु हिउँले सेताम्य देखिए । चिसो बढेपछी जनजीवन प्रभावित बन्यो । जाडोसँगै कठाग्रिएका स्थानीयबासी हिँजो दिनभर जसो आगो बालेर/तापेर जाडो भगाउने प्रयासमा जुधिरहे ।
जिल्लाका अधिकांश भागहरुमा वर्षा भयो । ‘पानी नपरेरै गर्मी बढ्यो…’ भन्दै आएका जिल्लावासीहरुमा ढीलै भएपनि वर्षात भैदिनाले रबिबाली सप्रिने विश्वास जगायो । हिँजो दिनमा र गए राति जिल्लाका विभिन्न भागहरुमा धेरथोर वर्षा भैदिनाले अब मौसममा गर्मी चढ्छ भन्ने स्थानीयहरु एकापसमा कुरागर्न सुरु गरेका छन् ।