Sorry, that menu does not exist.
 

कुर्घामा अखिल क्रान्तिकारीको २७ सदस्यीय मुल ईकाई कमिटी गठन !

निर्मल पौडेल, पर्वत २०७५ माघ ९ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी (अनेरास्वविय, क्रान्तिकारी) को मुल ईकाई कमिटी गठन भएको छ ।

फलेवास नगरपालिका–१० स्थित श्री शारदा माविमा हरि चपाईको अध्यक्षमा २७ सदस्यिय मुल ईकाई कमिटी गठन भएको हो ।मुल ईकाई समितिको उपाध्यक्षमा मिलन सुनार, निखिल पौडेल, सचिवमा साहिल चपाई, सह–सचिवमा निरुता पौडेल, दिपा शर्मा र कोषाध्यक्षमा अमृता शर्मा चयन भएका छन् । मुल ईकाई समितिको सदस्यमा मिलन शर्मा, निर्मल अधिकारी, नारायण चपाई, गणेश सुनार, अर्विन क्षेत्री, अजय क्षेत्री, विजय क्षेत्री, प्रदीप क्षेत्री, जयन्ती थापा, सिन्धु शर्मा, सिर्जना सुनार रहेका छन् ।यस्तै मुल ईकाई समितिको सदस्यहरुमा विन्दु शर्मा, गंगा चपाई, लिला शर्मा, सुजता सुनार, एलिना कुँवर, एलिसा कुँवर, विनिता शर्मा, शिला मल्ल, विन्दु कुँवर र गोकुल शर्मा रहेका छन् ।

नवगठित समितिका सदस्यहरलाई श्री माटेदेवल जनसहयोगी तथा प्राविधिक माविका अध्यक्ष शैलेश विश्वकर्मा, उपाध्यक्ष सुमित विश्वकर्मा र सदस्य सुरेश विकले बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply