बुर्तिवाङ २०७५ माघ ९ । नेपालको भूस्वर्ग भने फरक नपर्ने बागलुङ जिल्लाको रमणीय क्षेत्र ढोरपाटन उपत्यकामा यस वर्षको दोश्रो हिमपात २०७५ माघ ८ गतेको बिहान ८ बजेदेखी सुरु भएको थियो । विहानै देखी परेको हिमपातले ढोरपाटनको मनोहरतामा चार चाँद थपेको हाम्रा सहकर्मी ईन्द्र शाहीको अनुभव छ । चिसो बढेपनि, गाईबस्तुलाई घाँसपातको जोहो गर्न केहि समस्या झेल्न परेपनि, स्थानीयहरु हिमपातको दृश्यावलोनको निकै रमाएका देखिन्थे ।
आज हिमपात केहि रोकिएको छ । हिँउको सेतो च्यादरले ढपक्क ढाकेको ढोरपाटनमा हिउँसंग खेल्न आन्तरिक पर्यटकहरु (स्थानीय युवाहरु) ढोरपाटनमा पुगेका छन् । बुर्तिवाङ बजारमा निर्माण व्यवसाय गरेर बस्ने बोवाङका युवा व्यवसायी दीपक कुमार अदैको टोलीले आज ढोरपाटन पुगेर हिउँमा रमाउदाको क्षणलाई जीवनकै अति रमाईलो क्षण भनि ईबागलुङलाई बतायो ।
‘यसै ठाउँमा जन्मियो, हुर्कियो तैपनि आजको हिउँसंग रमाउदाको क्षण जीवनमा अविष्मरणीय रहेको’ युवा व्यवसायी अदैको भनाई थियो ।
व्यवसायी अदैले ईबागलुङसंग भने, ‘अहिले ढोरमा दुई फिट हिउँ जमेको छ । चारैतिर चिसो छ, तर मौसम मीठो छ । हिउँमा लडीबुडी खेलिरहेका छन युवाहरु ।’
प्रस्तुत छन, आजका केहि तस्वीरहरु,