शव्द/चित्र : चन्द्र बहादुर क्षेत्री,
बागलुङ, २०७५ माघ ९ । यहाँ प्रस्तुत तस्वीरहरु यहि माघ ८ र ९ गते बागलुङमा परेको हिउदे झरीमा काठको बाकसको आड लाएरे पुरानो पाल मुनी पानीले भिजेर वस्न बाध्य आमा छोराको हो । बागलुङ बजार गोदाम घरको पछाडी को यो दृश्य सरकारले नदेखे पनि सरकार चलाउने पार्टीको चिन्ह हसिया हथौडाले टुलु टुलु हेरी बसेकोे छ । छेउमा बसी हेरी राखेको हसिया हथौडाले कति पशु र कुखुराको बध ग-यो त्यो त त्यसैलाई थाहा होला तर सरकारी गोदाम घर र यी आमा छोेराको नियती एउटै भएको छ आज संरक्षणको अभावमा ।
एका विहानै एक मनकारी ठेकेदारले यो दृश्य सुनाउदा यो मन त्यहाँ नपुगी मान्दै मानेन । पानीमा रुझ्दै त्यहाँ पुगेर हेर्दा सुरुमा त विश्वासै लागेन त्यहाँ पालको थुप्रो भित्र आमा छोराको कारुणीक दृष्य देखिएला भनेर तर यथार्थ यही थियो की त्यस ठाउँमा केहि समय देखि सिगाना लामाचौरकी लक्ष्मी परियार र उनको नाबालक छोरा किस्मत परियार त्यहाँ बस्दै आएका रहेछन ।
सुरुमा कोही बच्चा बोलेको जस्तो आवाज आयो । भित्र को छ ? भनेर बोलाउदा यो नावालकले पाल भित्रबाट हेरयो । बाबु तिम्रो नाम के हो भन्दा किस्मत भन्यो । पैसा दिँदा समात्यो । छेउमा आमा पनि सुतिराखेकी रहिछन् । दिदी तपाइको नाम के हो भन्दा लक्ष्मी परियार हो, सिगाना लामीचौर घर हो भनि जवाफ दिइन, आफु विरामी भएको कुरा बताइन । बच्चाको हातमा ५० रुपैया दाम र दुईटा विस्कुट दिई खिन्न हुदै फर्कँे ।
सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा दिने , एक नयाँ युगको सुरुवात भन्दै पोल पोलमा झुन्डिएर सन्देश दिने सरकार एक चोटी यता पनि फर्केर हेर्ने हो की ? यसरी सडक पेटीमा दिन विताउने किस्मत जस्तै लाखौ किस्मतहरुको किस्मत कहिले फेरिएला ?