Sorry, that menu does not exist.
 

गनपाको विद्यालय अनुगमन फितलो : पैयुडाँडा प्राविका शिक्षकहरुको बढ्यो लापर्बाही !

घनश्याम गौतम, गल्कोट २०७५ माघ १० । गल्कोट नगरपालिका भित्रका बिद्यालयहरुमा बिद्यालय समयमा प्रधानध्यापक एवं शिक्षकहरु नआउने गर्दा बिद्यालय प्रांगणमा बिद्यार्थीहरु खेलिरहेको देख्न सकिन्छ । बिद्यालयहरुमा नगरपालिकाको अनुगमन फितलो हुँदा यस किसिमको लापर्बाही बढ्दै गएको स्थानीयले बताएका छन् ।

यसको उदाहरण गल्कोट नगरपालिका २ को पैयुडाँडा प्राथमिक बिद्यालयमा देखिएको छ । स्थानिय पैयँुडाडाँ युवा क्लब र सरोकारवालाले बिद्यालयमा निरीक्षण गर्दा बिद्यार्थी खेलिरहेको र शिक्षक बिद्यालयमा नआएको अबस्था देखेपछि प्रधानाध्यापकलाई फोन गरेर बिद्यालयमा बोलाएको स्थानियले ईबागलुङलाई बताए ।

फोन गरेपछप् प्रधानाध्यापक १० बजेर ३२ मिनेटमा बिद्यालयमा आउदा अन्य २ जना शिक्षक बिद्यालयमा नआएको स्थानिय याम बहादुर नेपालीले बताए । नेपालीका अनुसार बिहान साढे १० बजे सम्म बिद्यालयमा शिक्षक नआउदा बिद्यार्थीहरु खेलिरहेका थिए । कार्यालय सहयोगीले बिद्यालय खोलेको दश बजेपछि हो । नेपालीले भने, समयमा सहि तबरले अध्ययन अध्यापन नहुनुले १२ जना बिद्याथीको भबिष्यमा खेलबाड भएको बताए । बिसं २०५५ सालमा स्थापना भएको बिद्यालयमा सुरुवातको समयमा ५० जना बिद्याथी भएको तथ्याङ्क भएपनि कक्षा १ देखी ३ सम्म १२ जना बिद्यार्थीले अध्ययन गर्ने गरेका छन् । कक्षा १ देखी ३ सम्म सञ्चालित बिद्यालय २ राहत द्रबन्दी र १ जना कार्यालय सहयोगी रहेको भएपनि आफु सुत्केरी अबस्थामा रहेको भन्दै प्रधानाध्यापक मञ्जु रेग्मीले १ जना सहयोगी समेत राखेको बताए । प्रधानाध्यापिका रेग्मीका अनुसार शिक्षक चन्द्रबहादुर श्रीसले बिहान ९ बजे फोनमार्फत बिदा मागेको र कार्यालय सहयोगी प्रिया किसान डेलिभेरीको समस्याले बिद्यालयमा आउन नसक्दा आज बिद्यालयमा उपस्थीति ढिला भएको बताईन् । उनले केहि ढिला भएको स्वकार्दै अब नहुने प्रतिवद्धता जनाएकी थिईन् ।

बिद्यालयमा शिक्षक समयमा नआउदा अभिभाबकले शिक्षक खोज्दै हिड्नुपर्ने अबस्था श्रृजना भएको बताउदैं ब्यबस्थापनकै कारण अन्यत्र बिद्यालयमा बिद्यार्थी लैजान बाध्य भएको अभिाभाबक होम बहादुर नेपाली बताए । अधिकांश दलित समुदायका बालबच्चा पढ्ने उक्त बिद्यालयमा पछिल्ल्लो २ बर्ष यता बिद्यार्थी संङ्ख्या न्युन रहेको छ । अंग्रेजी मोहले बिद्यार्थीलाई निजी बिद्यालयमा अभिभाबकले पढाउने, बैदेशीक रोेजगारीमा रहेका परिबारको बसाई सराई तथा सामुदायिक बिद्यालयमा हुने यस्ता क्रियाकलापले बिद्याथी संङ्ख्या घट्दै गएको स्थानियको गुनासो छ ।

पहिलो पटक गल्कोट नगरपालिकाको शिक्षा क्षेत्रको अनुगमनमा यस्तो गल्ती नगर्न सुझाब दिएको बताउदैं गल्कोट नगरपालिकाका समाजिक बिकास समिति सयोजक तथा प्रवक्ता हीम बहादुर भण्डारीले अब कारबाही गर्न बाध्य हुने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply