गुमानसिँह भण्डारी, गल्कोट २०७५ माघ ११ । गल्कोटको दुगर्म मध्येको वडा नम्बर ५ हरिचौर सरदाखेतमा फुटबल मैदान निर्माण शुरु गरिएको छ । पहिलो चरणमा सम्भाब्यता अध्ययन सुरु गरिएको हो । नगरपालिकाको १० लाख र वडा कार्यालयको २ लाख ५० हजारको लागतमा निर्माण कार्य सुरु गरिएको वडा अध्यक्ष नारायध्वज मल्लले बताए । अहिले जमिन सम्याउने, डाँडा कटानको काम चलिरहेको वडाध्इक्ष मल्लले बताए ।
अधिकांश समथर भुभाग भएका कारण खेलमैदानका लागी उक्त ठाउ उपयुक्त मानिएको हो वडाध्यक्ष मल्ले भने,क यदि सम्भाब्यता अनुसार खेलमैदानका लागी उपयुक्त ठहरियो भने यसलाई मेरो कार्यकालमा बिशेष योजनामा राखेर काम गर्नेछु ।
गगनपानी दौडेनी सामुदायीक बनको थापाथुम चौरमा निर्माण हुने मैदान करिब ९० मिटर लम्बाई र ४५ मिटर चौडाई हुने निर्माण समितिका अध्यक्ष मनोज कार्कीले जानकारी दिए ।
उक्त ठाउमा बर्षौ पहिले थापाहरु बसेर खेतिपाती गर्ने भएका कारण थापाथुम भनिएको हो ।
निर्माण शुरु गरिएको मैदान समुद्री सतहदेखि १६, १७ सय मिटरको उचाईमा पर्छ । भबिष्यमा उक्त ठाउ बनभोज स्थलका लागी समेत उपयुक्त बन्न सक्ने स्थानियको भनाई छ ।
पर्यटकलाई सोहि खेलमैदान हुदै गल्कोटको घुम्टे आवत जावत गर्न समेत छिटो हुने भएकाले भबिष्यमा मैदानसँगै अतिथिहरुको लागि होम स्टे समेत सञ्चालन गर्न सकिने वडा कार्यालयले योजना बनाएको छ ।
फुटबल मैदान बनाउन एक करोड बढि खर्च हुने अनुमान गरिएको छ । मैदानका लागी एक साईटमा ३०, ३५ र अर्को साईटमा १० मिटर डाडाँ कटान गरेर खार्नुपर्ने अध्यक्ष मल्लले बताए ।
सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक खेल मैदान बनाउने निर्णय गरेको छ । त्यसै अनुरुप पनि गाँउ गाउँमा खेलकुदको पुर्वाधार धमाधम बन्दै गएका छन् । गल्कोटमा सानाठुला गरि करिब ४ वटा फुटबल मैदान रहेका छन् । गल्कोट नगरपालिका १ दुदिलाभाटी चौराह, गल्कोट बहुमुखी क्यापस गल्कोट ३, वडा नम्बर ८ काडेबास र वडा नम्बर ११ रिघामा खेल मैदान छन ।