घटनाका दोषीमाथी अनुसन्धान गरी कानूनी कार्बाही गरिने प्रजिअ खरेलको भनाई !
बागलुङ २०७५ माघ ११ । गत पुस २९ गते राति ९ बजे गल्कोट हटिया चौकीमा तत्कालीन अवस्थामा मादक पदार्थ सेवन गरी बसेका प्रेम सिँह थापा र बुद्धबहादुर थापा दुईजना प्रहरी जवानको कुटाईबाट गम्भीर घाईते भएका गल्कोट नगरपालिका ६ हरिचौरका सोमबहादुर बस्नेत सहयोग तथा दबाब समूहका तर्फबाट शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल मार्फत नेपाल सरकारका गृहमन्त्रीका नाममा दोषिमाथी आवश्यक कार्बाही गरी क्षेतीपुर्ति दिलाई पीडितलाई न्याय दिलाई पाउ भनी ज्ञापन पत्र बुझाईएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित एक कार्यक्रममा सोमबहादुर बस्नेते सहयोग तथा दबाब समूहका संयोजक तिलक उप्रेतीले प्रमुख जिल्ला अधिकारी खरेललाई गृहमन्त्रीका नाममा लेखिएको ज्ञापन पत्र हस्तान्तरण गरेका थिए ।
जिल्लामा क्रियाशील राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कृष्ण पाठक, नेपाली काँग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापा लगायत अन्य राजनीतिक दलका प्रतिनिधी, गल्कोटबाट सदरमुकाम आएका दबाब समूह तथा नागरिक समाजका प्रतिनिधीहरुको रोहबरमा ज्ञापन पत्र बुझ्दै प्रजिअ खरेलले तत्काल ज्ञापन पत्र गृहमन्त्रालय पठाउने प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा प्रजिअ खरेलले पुस २९ गते रातिको कुटपीट घटनाप्रति दुख व्यक्त गर्दै घटनाका दोषीलाई अनुसन्धान गरी कानूनी कार्बाही गरिने बताए ।
प्रजिअ खरेलले घाईतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नागरिक समाजले संयमता पूर्वक घटनाका सम्वन्धमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।
ज्ञापनपत्रको विवरण यसप्रकार छ: