बुर्तिबाङ,२०७५ माघ १२ । ढोरपाटन नगरपालिका वडा नं. १ सोरबोटमा स्थित सोरवोट महिला समुहको नबनिर्मित भवनको नगरप्रमुख देवकुमार नेपालीले उद्घाटन गरेका छन् । ढोरपाटन नगरपालिकाबाट विनियोजित बजेटबाट सो भवन निर्माण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख नेपालीले नवनिर्मित भवनको उद्घाटन पछि बोल्दै भवन निर्माण गरेर मात्रै नहुने त्यसलाई सकारात्मक काममा प्रयोग गर्नु पर्ने बताए । भवनमा महिलाहरुलाई आयआर्जनको लागि सिपमुलक तालीम र प्रशिक्षण कार्यक्रम, बालबालिकाका लागि बाल शिक्षा सञ्चालन गर्नुपर्ने नगरप्रमुख नेपालीको सल्लाहा थियो ।
कार्यक्रमकै अवसरमा नगर प्रमुख नेपालीले सोरबोट महिला समुहलाई ब्यक्तिगतरुपमा २ लाख पाचँ हजारको अक्षयकोष स्थापना गरिदिने उद्घोष गर्दै सोरवोटमा बालशिक्षाको आवश्यकता औल्याउदै महिला समुहको भवनमा बालशिक्षा कक्षा सञ्चालन गर्न त्यहाँका स्थानियलाई आग्रह गरे । नगरप्रमुख नेपालीले आफ्नै लगानिमा एक जना सहजकर्ताको व्यवस्था गरिदिने समेत बताए ।
नेपालीले समाज परिवर्तन र देशलाई सहिमार्गमा लैजानको लागि बिकासको काममा एक जुट भएर अगाडि बढ्नु पर्ने बताउदै सकारात्मक परिवर्तनको लागि शिक्षा र चेतना अति आवश्यक भएको भन्दै यसको विकासमा सबैले चासो दिनुपर्ने उल्लेख गरे । नगर प्रमुख नेपालीले गरिब दलित र पिछडिएको समुदाय र बस्तीका मानिसलाई अगाडि ल्याउनको लागि आफुले जस्तो सुकै अबस्थामा पनि साथ दिने प्रतिवद्धता व्यक्त गरे ।
ढोरपाटन नगरपालिकाका उप्रमुख करमती पुन मगरले सम्पुर्ण महिलाहरुकोे पहलमा महिलाहरुको साझा भवन निमार्ण गर्न सफल भएको भन्दै उच्च प्रसंशा गरिन् । उप–प्रमुख पुनले महिलाहरु गृहिणीको रुपमा मात्र होईन समाजलाई परिवर्तन गर्नको लगि महत्वपुर्ण सहयोग र साथ दिन सक्ने भएकोले महिला भनेर हेपेर होईन हातेमालो गर्नुपर्ने बताईन । आफु सबै महिलाहरुको नेतृत्व तहमा भएकोले महिला दिदी बहिनीको सवालमा निरन्तर साथ दिने समेत उनको भनाई थियो ।
तेस्तै ढोरपाटन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारीले समेत आफ्नो मन्तव्य राखेका थिए ।
१३ लाख ७० हजार ३ सय ९९ सय रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको सो अवसरमा जानकारी दिईएको थियो । भवन निर्माणका लागि ढोरपाटन नगरपालिकाबाट ८ लाख ५३ हजार ३२८ , सामुदायिक वनबाट २५ हजार, खानेपानि समुहबाट ८५ हजार र सोरबोट महिला समुहले बिभिन्न कार्यक्रम मार्फत संकलन गरेको २ लाख ६० हजार ४ सय गरि जम्मा १२ लाख ३ हजार ७ सय २८ रुपैया संकलन भएको थियो ।
कार्यक्रममा सस्थाका सल्लाहकार हेमप्रसाद विश्वकर्मा, समाजसेवी दिलमाया पौँवी, ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य असारी विश्वकर्मा, स्वतन्त्र दलित सञ्जालका अध्यक्ष अशोक विश्वकर्मा,कर्मभुमी फाउण्डेसनका अध्यक्ष कमल भुषालले मन्तब्य राखेका थिए।
सोरबोट महिला समुहकी अध्यक्ष बेलकुमारी विश्वकर्माको अध्यक्ष सदस्य सरिता विश्वकर्माको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन कर्मभुमी फाउण्डेशनका सचिब देब विश्वकर्माले गरेका थिए ।