विमल नेपाली, बागलुङ खर्वाङ २०७३ चैत ५ । रिघाको मनेवापाटामा गत फागुन २२ गतेको विहान सवेरै गएको भीषण सुख्खा पहिरोबाट सडक बगाएर अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि सञ्चालनमा आएको छ । सडक अवरुद्ध हुदाँ गुल्मीको वामीटक्सार हुदैे आगोपार्ने, अर्लाङकोट साँघुरो सडक भएर साना सवारी साधनहरु प्रयोग गरी बागलुङको काँडेबास देखी हटियाको सडकलाई बैकल्पिक सडकको प्रयोग गर्नुपर्ने बाध्यताले यात्रुहरुले सास्ती खेप्दै आएका थिए । यो सडक साँघुरो भएकोले ठुला सवारी साधनहरु यस सडकमा सन्चालन सम्भव थिएन ।
ठुला सवारी साधन सडक अवरुद्ध भएपछि बुर्तिबाङबाट छुटेका ठुला सवारी साधन मनेवा पटाको पहिरो ओरै र काठमाडौ तथा बागलुङबाट छुटने ठुला सवारी साधानहरु पहिरो पारी रोकिने गरेका थिए र एकार्को बस परिवर्तन गर्दा यात्रुहरुलाई पहिरो हिँडेर पार गर्नु पर्ने वाध्यता थियो ।
पहिरो पन्छाएर हाललाई एक पटकमा एक सवारी साधनमात्र पास हुने गरी लोकमार्ग सन्चालनमा ल्याईएको खर्वाङ प्रहरी चौकीका प्रनानि भोजबहादुर बानियाँले जानकारी दिए । प्रनानि बानियाँका अनुसार डोजरले काम गरिरहेको हुनाले अब केहि दिनमै दोहोरो सवारी साधनहरु सन्चालनमा आउने छ ।
सुख्खा पहिरो जादाँ दरमखोला पुर्ण रुपमा थुनिएर ताल समेत बनेको थियो । दरमखोला थुनिँदा खोला छेउमा रहेको केन्द्रिय विद्युत प्रसारण लाईनको ट्रान्सफर्मर लगायतका उपकरण डुव्दा विद्युत सर्ट भई घरमा आगोलागेपछि निभाउने क्रममा रिघा ७ कल्छेकी ५६ बर्षिय मनकुमारी नेपालीको ज्यान गएको थियो भने पहिरोका कारण स्थानीय मनकुमारी शाहीको घरे उच्च जोखिममा रहेको छ । पहिरोबाट उनको प्रहरीले उद्धार गरेको थियो ।