Sorry, that menu does not exist.
 

वर्तमान सरकारको निरंकुश शैलीको असर शैक्षिक क्षेत्रमाथी परेको आचार्यको आरोप !

कोपिला कंडेल, बागलुङ २०७५ माघ १२ । स्थानिय प्रतिनिधी सभा आज एक समारोहका बिच सम्पन्न भएको छ । सभाको नेपाल शिक्षक युनियन एबं सघंका पुर्ब अध्यक्ष जगन्नाथ आचार्यले उद्घाटन गरेका थिए ।

उद्घाटन पछि बोल्दै उनले नेपाल शिक्षक सघं पेशागत हकहित र संगठन प्रति बफादार हुनुपर्ने बताए । लोकतन्त्र प्रति आस्था राखेकै आधारमा शिक्षक सघंले धैरैखाले समस्याको सामना गर्नु परेको चर्चा गर्दै युनियनका पुर्ब अध्यक्ष आचार्यले वर्तमान सरकारको निरंकुश शैलीको असर शैक्षिक क्षेत्र लगायत लोकतान्त्रिक शक्ति माथि परेको आरोप लगाए । उनले शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षकहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापाति दिपेन्द्र बहादुर थापा, पुर्ब पार्टी सभापति एबं संबिधान शभाका सदस्य प्रकाश शर्मा पौडेल पार्टीका सचिव नवराज पौडेल नेपाल शिक्षक सघंका गण्डकी प्रदेश महासचिव सागर खरेल सघंका अध्यक्ष उमाकान्त शर्मा पौडेल,पुर्ब अध्यक्ष गोपाल कुमार शर्मा सघंका सचिव हेमराज गैरे नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी जित शेरचन नेपाल बिद्यार्थी सघंका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुबेदी सहमहामन्त्री हरिहर शर्मा नेपाल शिक्षक सघं महिला बिभाग प्रमुख सिता शर्मा सघंका अर्थ सचिव लक्ष्मीकान्त शर्मा राजेन्द्र नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष शकुन्तला शर्मा ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष ईश्वर ठाकुर पौडेल र नेपाल तरुण दलका जिल्ला अध्यक्ष उमाकान्त शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सभाले नेपाल शिक्षक सघं अन्र्तगतको स्थानिय महिला बिभाग गठन गर्ने सघंले जनाएको छ । कार्यक्रम नेपाल शिक्षक सघं बागलुङ नगरपालिकाका कार्यबाहक अध्यक्ष कुमार शर्माको अध्यक्षता, काठेखोला गाउंपालिकाका संयोजक जगुपति कंडेलको स्वागत मन्तब्य र जिल्ला सदस्य भिम साप्कोटा र विपिन कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply