भरत सापकोटा बिहुँ बागलुङ २०७५ माघ १३ । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले देशको ९नेचर र कल्चर०लोक संस्कृतिलाई अधिकतम प्रयोग गरेर समृद्धिको बाटोमा लाग्नुपर्ने बताएका छन् ।
प्रकृतिले भरीपुर्ण रहेको बिहुँकोट र यहाँ रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु त्यस्तै प्रकृत रहेको नेपालमा कला र संस्कृति समेत कयौं रहेकाले तिनको प्रयोग गरेर आर्थिक उपार्जनको बाटोमा लाग्नुपर्ने मन्त्री लम्सालको बताए ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ५ बिहुँकोटमा शनिवारदेखि सञ्चालनमा आएको शिवधुरी सामुदायी घरबास ९होमस्टे० को उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
आर्थिक बर्षको नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमीकतामा राखेर ३ सय घरबास सञ्चालनमा ल्याउने तयारीमा गण्डकी प्रदेश सरकार रहेको उनले बताए । त्यसका लागि आफूहरुले ३० करोड बजेट विनियोजन भएको बताएका छन् ।
उनले भने, प्रत्येक घरबासको व्यवस्थापनका लागि दश लाख रुपैयाँ नघट्नेगरी अनुदान उपलव्ध गराइनेछ । मन्त्री लम्सालले बागलुङलाई धार्मिक सांस्कृतिक पर्यटनको हवका रुपमा बिकास गर्नुपर्नेमा जोड दिए। उनले बागलुङमा प्रसस्त धार्मिक पर्यटकीय क्षेत्रहरु रहेको बताउँदै धार्मिक पर्यटन हब बनाउनुपर्नेमा जोड दिएका हुन् । सन् २०२२ सम्म लक्ष्य अनुरुप २० लाख पर्यटक गण्डकी प्रदेशमा भित्रिनेमा कुनै शंका नरहेको मन्त्री लम्सालले दाबी समेत गरे ।
विहुँमा स्थानीय ११ घरपरिवारको लगानीमा होम स्टे संचालनमा आएको हो । होम स्टेमा ७० जनाको क्षमता रहेको शिवधुरी सामुदायिक होम स्टेका सचिव प्रेमबहादुर पुनले जानकारी दिए ।
कार्यक्रम गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापा, पर्यटन मन्त्रालयका पूर्वसचिव सुरेशमान श्रेष्ठ, गाउँ पर्यटन प्रबद्र्धन मञ्चका पूर्वसल्लाहकार प्रा।डा प्रेम शर्मा, गण्डकी प्रदेशका अध्यक्ष रविन्द्रप्रसाद पौडेल, पूर्वध्यक्ष चित्र गुरुङ, काठेखोला गाउँपालिका–५ का वडाध्यक्ष शिवप्रसाद कँडेल, टेकिङ एजेन्सी ९टान० का केन्द्रीय सदस्य राजनप्रसाद काप्रि लगायतले बोलेका थिए ।
होम स्टे संचालनको विधि र प्रक्रियाको बारेमा गाउँ पर्यटन प्रवद्र्धन नेपालका अध्यक्ष केन्द्रीय अध्यक्ष धुर्व सिंखडाले जानकारी दिए । कार्यक्रममा शिवधुरी सामुदायिक होम स्टेका अध्यक्ष प्रेमबहादुर श्रीसको स्वागत र मञ्चका प्रथम उपाध्यक्ष दीपक दाहल संचालनमा सम्पन्न भएको थियो ।