बागलुङ २०७५ माघ १३ । बागलुङ नगरपालिका-२ हल्लनचोकमा तीब्र गतिमा आएको जीपले ठक्कर दिँदा एक महिला गम्भीर घाईते भएकी छन् । विहान करिब ९ बजेर ४० मिनेटको समयमा तिब्र गतिमा पोखरा तर्फ जाँदै गरेको धौलागिरी जीप व्यवसायी समितिको ग १ ज ५२९९ नं को जीपले, आफु कार्यरत प्रभु बैँकमा जाँदै गरेकी २६ वर्षिया ज्योति सापकोटालाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए । जीपले सापकोटालाई ठक्कर दिएपछी केहि परसम्म घिसार्दै लगेको प्रत्यक्षदर्शीको भनाई छ ।
जिल्ला ट्राफिक कार्यालय बागलुङले दुर्घटना न्यूनीकरण गर्न जति सक्रियता र सजगता देखाएपनि सवारी चालकहरुकाके लापर्बाहीले सडक दुर्घटनाहुने क्रम भने थामिएको छैन ।
घाईते सापकोटालाई धौलागिरी अन्चल अस्पतालमा उपचारार्थ लगिएपनि उनको गम्भीर अवस्थालाई मध्यनजर गरी हेलिकप्टरमा काठमाडौ लैजाने तयारी भैरहेको अस्पताल श्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार जीप चालक अर्जुन बस्नेत र जीप प्रहरीले नियन्त्रणमा लिएको छ ।
अपडेट : घाईते सापकोटाको काठमाडौ शिक्षण अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ ।