बागलुङ २०७५ माघ १३ । आज विहानी पख करीब सवा ३ बजेको समयमा बानपा-३ गुठी स्थित नरबहादुर नाईसाले सन्चालन गरेको होटल ह्वाईट प्यालेसको कोठा नं २०२ मा हिँजो माघ १२ गते देखी सँगै बास बसेका कैलाली जिल्ला चुरे गाउँपालिका १ स्थायी वतन भै हाल गौरीगंगा नपा वडा न ३ बस्ने वर्ष ३० को दिपक आचार्यले कैलाली जिल्ला घोँडाघोँडी नगरपालिका १ बस्ने बर्ष ३७ को गणेश भनिने गंगाराम आचार्यबीच एकापसमा बिबाद हुँदा गंगारामलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएको घटनाका अभियुक्त दिपक आचार्यलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार खुकुरी प्रहारबाट गम्भीर घाईते बनेका गंगारामलाई धौलागिरी अन्चल अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि मणिपाल अस्पताल पोखरामा रिफर गरी उपचार भैरहेको जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार गम्भीर घाईते गंगारामको मणिपाल अस्पताल पोखरामा उपचार भैरहेको छ ।
यसैवीच बिहुँ घोँडाबाँधे स्थित भ्यू टावरमा हिउँमा खेल्ने क्रममा गल्कोट नगरपालिका ३ घुस्तुङ बस्ने वर्ष २४ को विष्णु साहानी, गल्कोट १ बस्ने वर्ष २२ को मोहन श्रीस, ऐ बस्ने वर्ष ३० को सोमबहादुर बिक र ऐ बस्ने वर्ष २५ को सन्जित काउचा बीच बिबाद हुँदा धारिलो हतियार प्रयोग गरी विष्णु साहानीलाई घाईते बनाएको घटनामा संलग्न मोहन श्रीस लगायत ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाईते साहानीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।