बागलुङ २०७५ माघ १४ । बागलुङ उद्योग बाणिज्य संघमा यस बखत एक नयाँ बिबादले प्रवेश पाएको छ । संघको सदस्यता नवीकरण शुल्कलाई लिएर यो बिबाद सुरु गरिएको हो ।
बाउबा संघको विधानमा सदस्यता नवीकरण शुल्क रु १ सय तोकिएको भएपनि केहि वर्ष पहिले देखी संघको साधारण सभाको निर्णयानुसार सदस्यता नवीकरण शुल्क ५ सय लिईँदै आएकोमा हाल आएर केहि सदस्यहरुले विधानमा उल्लेख गरिए अनुसार रु १ सय शुल्क तिरेर सदस्यता नवीकरण गर्न निवेदन दिएकाले समस्या उत्पन्न भएको एक सदस्यले बताए ।
हाल, जो जस्ले संघको विधानमा टेकेर रु १ सय शुल्क तिरेर सदस्यता नवीकरणको माग गरेका छन् उनै व्यक्तिहरु निवर्तमान कार्यसमितिका महासचिव लगायत बिभिन्न पदमा आसीन हुँदाका बखत सदस्यता नवीकरण शुल्क दस्तूर रु ५ सय उठाउने निर्णय गरी साधारण सभाबाटबा पारित भए अनुसार बिगत वर्षहरु देखि नै सोही अनुुसार सदस्यता नवीकरण दस्तुर रु ५ सय उठाईदै आएको श्रोतले बतायो । आफैले गरेको निर्णयलाई बिर्सिएर निहुँ खोज्नु पराजीत मानसिकताको द्योतक भएको केहि सदस्यहरुले बताएका छन् ।
संघका एक पदाधिकारीका अनुसार बाउबासंघको विधान संशोधन गरी स्वीकृतिको लागि तीन महले फारम जिल्ला प्रशासन कार्यालय बागलुङमा पेस भएको अवस्था छ ।