बागलुङ, २०७५ माघ १४ । काठेखोला गाउँपालिका—३ धम्जाकी भविमाया थापाको निधनप्रति शोक ब्यक्त गर्दै नेपाली काँग्रेस धम्जाले श्रद्धाञ्जली सभा गरेको छ । सुवेदार नन्दलाल थापाको श्रीमती तथा नेपाली काँग्रेसका क्रियाशील सदस्य टेकबहादुर थापाकी ममतामयी माता भविमायाको निधनप्रति दुःख प्रकट गर्दै काँग्रेसले श्रद्धाञ्जली सभा गरेको हो ।
कार्यक्रममा शोकमन्तव्य राख्दै नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्र थापाले भविमायाको निधनले धम्जामा नेपाली काँग्रेस एउटा अभिभावक गुमाएको बताए । कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पूर्व पार्टी सभापति प्रकाश शर्मा पौडेल, पूर्व राज्यमन्त्री चम्पादेवी खड्का, नेपाली काँग्रेसका महासमिति सदस्य जगदीशचन्द्र उपाध्याय, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति चिरञ्जीवी गौतम, नेपाल भूतपूर्व सैनिक संघ जिल्ला सभापति क्याप्टेन हरिबहादुर भण्डारी, नेपाली काँग्रेस काठेखोला गाउँपालिका सचिव यामदत्त कँडेल, नेपाली काँग्रेस धम्जाका पूर्व सभापति दुर्गबहादुर राना, जनता माविका प्रधानाध्यापक कुलदिप क्षेत्री लगायतले शोक व्यक्त गरेका थिए ।
नेपाली काँग्रेस धम्जाका सभापति महेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन नेविसंघ बागलुङका अध्यक्ष खडक थापा र धन्यवाद ज्ञापन स्वर्गीय थापाका छोरा टेकबहादुर थापाले गरेका थिए । उक्त अवसरमा हाल बेलायतमा रहेका स्वर्गीय थापाका देवर लालबहादुर पुनको पाँच हजार सहयोगमा जनता मावि धम्जामा थापाको परिवारले १८ हजार एक सय ५ रुपैयाँ र यूनिक आधारभूत विद्यालयमा १० हजार एक सय ५ रपैयाँको जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न अक्षयकोष स्थापना गरेका छन् ।