Sorry, that menu does not exist.
 

शाखा मोटरबाटो निर्माण गर्दा मध्यपहाडी लोकमार्गको पाखुट्टेमा २०० मिटर बाटो जोखिमपूर्ण !

झम सिर्पाली, बागलुङ (निसीखोला) २०७५ माघ १६ निसीखोला गाउँपालिका वडा नं १ को देविस्थान, हर्पे हुँदै राजकुत जोड्ने मोटरबाटो निर्माण गर्ने क्रममा माथिबाट ठाडो खोलासंगै ढुङ्गामाटो आउँदा मध्यपहाडी लोकमार्ग अन्तरगतको पाखुट्टेमा करिब २०० मिटर बाटो बिग्रिएको छ ।

निसीखोला गाउँपालिका वडा नं १ बाट आ.व. २०७५/७६ मा बिजियोजित रु ९ लाखबाट संचालित उक्त आयोजनाको कार्यन्वयनका लागि मोटरबाटो निर्माण गर्न लाग्दा उक्त सडक मध्यपहाडी लोकमार्गको ठिक माथी पर्ने भएकाले माथिबाट खसेको माटो ढुङ्गा तथा काठ्मुढाले सडक असहज बनेको निसिखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलको भनाई छ ।

खोलासंगै आएको हिलो छताछुल्ल हुँदा साना तथा ठुला यातायातका सवारी साधनहरु आवतजावत गर्न निकै कठिन र चुनौतीपूर्ण रहेको चालकहरु बताउँछन् । पहिल्यै पनि बाटो साघुँरो र अप्ठ्यारो रहेको उक्त स्थानमा झन सडक हिलाम्मे हुँदा गाडी चिप्लिएर दुर्घटना हुनसक्ने जोखिम बढेको बुर्तिबाङ ढोरपाटन यातयात सेवा प्रालिका संचालक जीत बहादुर कुवंरले बताए । मोटरबाटो निर्माण हुँदै गर्दा दिनभरी सवारी साधन जाममा बस्ने र साँझ माथिबाट डोजर फर्केर सफा गरेपछि यातायात खुल्ने भएपनी अहिले बिनियोजित बजेट सकिएपछि बाटोमा अवरोध भईरहेको तर मर्मतमा कसैको नजर नपुगेपछी समस्या भएको हो ।

मध्यपहाडी लोकमार्गका ठेकेदार हेमराज गर्बुजाका अनुसार आज देखि डोजर लगाएर बाटो फराकिलो बनाउने र सफा गर्ने काम थालिएको छ । केही दिनमै सवारी साधनहरुलाई यात्रा गर्नका लागि सहज हुने ठेकेदार कम्पनी शंकरमाली निर्माण सेवाले जनाएको छ । देबिस्थान हर्पे हुँदै राजकुत जोड्ने उक्त मोटरबाटो निर्माणका लागि १ किलोमिटर ५० मिटरको इष्टिमेट गरिएको निसीखोला गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिए । वडा नं १ का वडाध्यक्ष इन्द्र मल्लका अनुसार बजेट अपुगका कारण अझै ३०० मिटर सडक खन्न बाँकी रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply