Sorry, that menu does not exist.
 

हरिचौरका किसान राज पुन, गोल्भेँडा र च्याउ बेचेरै मालामाल : एक सिजनमै ५ लाख आम्दानी !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ माघ १६ । गल्कोट हरिचौरका एक युवा किसानले गोल्भेँडा बचेर ५ लाख बढी आम्दानी गरेका छन् । गल्कोट नगरपालिका ६ हरिचौर ठुलाथर दर्मका २९ बर्षिय राज पुनले आफ्नै बारीमा गरेको व्यवसायीक गोल्भेँडा (टमाटर) खेतीवाट एक सिजनमा ५ लाख रुपैया बढी आम्दानी गरेको बताए । झण्डै १ बर्ष ईराक बसेर घर फर्कएका पुनले विगत २ वर्षदेखि गाउँमा गोल्भेँडा खेती गर्दै आएका छन् ।

अर्काको देशमा काम गर्नुभन्दा आफ्नै जमिनमा स्वेदशमा केही गर्ने सोचका साथ स्वेदश फर्किएका केसीले स्थानीयहरुको सल्लाहमा गरेको गोल्भेँडा खेतीवाट अहिले राम्रो आर्थिक आम्दानी गर्दै आएका छन । गाउँमा गोल्भेँडा आवश्यकता पर्दा हटिया बजारबाट लैजानुपर्ने बाध्यता रहेको उक्त गाउँमा स्थानीय हरिचौर बजारको आवश्यकतालाई समेत मध्यनजर गर्दै पुनले सुरु गरेको व्यवसायीक गोल्भेँडा खेतीको उत्पादन पछिल्लो समयमा हरिचौर बजारसँगै हटियाबजारसम्म आउने गरेको छ ।

करिब ३ लाखको लागतमा सुरु गरिएको गोल्भेँडा खेतीवाट बार्षिक सम्पुर्ण खर्च कटाएर ३ लाख बढि बच्ने पुनले बताए । गोल्भेँडा खेती सुरु गर्दा सुरुमा केही अप्ठेरो भएपनि व्यवसाय सुरु गरेको केही समयपछि गल्कोट नगरपालिकाले हाते ट्याक्टर र २ वटा प्लाष्टिक टनेल प्रदान गरेपछि खेतीगर्नका लागि सहज भएको पुनको भनाई छ । उनको गोल्भेँडा च्याउ खेतीको हालैमात्र नगरप्रमुन भरत शर्मा गैरेले निरीक्षण अवलोकन गरेर उनलाई हौसला प्रदान गरेका छन् । पुनले १७ मिटर लम्बाई र ७ मिटर चौडाई भएको एउटा र १२ मिटर लम्बाई र ६ मिटर चौडाई भएका ४ वटा टनेलमा गोल्भेँडा उत्पादन गरेका छन् । आफनो ब्यक्तिगत करिब ३ रोपनी बारीमा गोल्भेँडा खेति गरेको बताउछन् । व्यवसायीक रुपमा सञ्चालन गरेको गोल्भेँडा व्यवसायवाट राम्रो उत्पादन भएकाले उनले उत्पादन गरेको गोल्भेँडा स्थानिय हरिचौर बजारका तरकारी ब्यापारी नर बहादुर बिकले होलसेलमा खरिद गर्ने गरेका छन । जसले गर्दा पुनलाई बजारका लागी भौतारिनु परेको छैन ।

व्यवसायीक गोल्भेँडा खेतीका माध्यमवाट गाउँमा चिनिन सफल पुनलाई अहिले ईराकमा गरेको दु।ख भन्दा स्वेदशमा आफ्नै मेहनतमा सञ्चालन गरेको आफ्नै व्यवसाय राम्रो लाग्ने गरेको समेत बताए । गोल्भेँडा रोप्ने, गोडमेल गर्नेदेखि लिएर उप्पादन भएको गोल्भेँडा टिप्नका लागि समेत आफनो परिवार नै लाग्ने गरेको उनले बताए । आफनो परिवारले सम्पुर्ण काम गर्ने भएका कारण कामदारहरु राख्नु पर्ने समस्या नरहेको पुनको भनाई छ । पुनले व्यवसायीक गोल्भेँडा खेतीसँगै च्याउ खेति समेत गर्दै आएका छन् । गोल्भेँडा सँगै केसीले ब्यवसायीक च्याउ खेतिबाट समेत बार्षिक लाखौ आम्दानी गर्न सफल भएको बताए । गत बर्षबाट सुरु गरेको च्याउ खेतिबाट गत बर्ष मात्रै १ लाख ५० हजार आम्दानी गर्न सफल भएको बताए ।

कन्ने जातको च्याउ हरिचौरमा उत्पादनका हिसाबले राम्रो हुने भएकाले पुनले गत बर्षदेखि च्याउ खेतिलाई समेत ब्यवसायीक बनाएका छने । गत बर्ष करिब ७० पोका उत्पादन गरेको थिए पुनले भने १ पोकामा करिब ९ केजी हुने गदर्छ । १ केजीलाई बजारमा ३ सय रुपिया पर्ने भएपनि घरबाट उनले २ सय ८० रुपिया सम्ममा बिक्रि गर्ने गरेको बताए । यस बर्ष पुनले करिब १ पोका च्याउ उत्पादन गर्ने बताए । पुनले बन्दा, काउली, साग लगाएतका तरकारी बालि समेत उत्पादन गर्दै आएको बताए । सम्पुर्ण तरकारी बालिहरु हरिचौरका बिकले खरिद गर्ने गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply