Sorry, that menu does not exist.
 

बडीगाड गाउँपालिकामा पिपिआर उन्मुलनको लागि भ्याक्सिनेसन कार्यक्रम सुरु !

कमल पौडेल, बडीगाड, बागलुङ २०७५ माघ १७ । नेपाल सरकारको पिपिआर उन्मुलन कार्यक्रम अन्तरगत बडीगाड गाउँपालिकामा भेडावाख्राको महामारी रोग पिपिआर विरुद्धको भ्याक्सिनेसन कार्यक्रम सुरु भएको छ । वुधवार देखि वडा नं. ९ र १० दर्लिङमा एकैसाथ भ्याक्सिनेसन कार्यक्रम सुरु गरिएको पशुसेवा शाखा प्रमुख बसन्त गौतमले जानकारी दिए । पिपिआर भेडाबाख्राको महामारी रोग भएको र रोग लागिसकेपछि उपचार नहुने र मृत्यूदर उच्च हुँदै गोठ सहित गाउँभरकै भेडा वाख्रा सखाप हुन सक्ने भएकोले राष्ट्रिय कार्यक्रम अनुरुप नै अनिवार्य भ्याक्सिन लगाउन लागिएको गौतमले बताए ।

निशुल्क रुपमा गोठमै गएर सञ्चालन गरिने भ्याक्सिनेसन कार्यक्रममा गाउँपालिका भित्रका सवै पशु प्राविधिकहरुलाई परिचालन गरिएको बडीगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिए । माघ २५ गते भित्र बडीगाडमा भ्याक्सिनेसनको कार्यक्रम सम्पन्न गरिने र कुनै पनि समस्या भए गाउँपालिकाको पशुसेवा शाखा तथा पशुसेवा केन्द्रमा सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply