Sorry, that menu does not exist.
 

नवयुवक आधारभुत बिद्यालय बिहुँमा एक लाखको अक्षय कोष स्थापना !

भरत सापकाेटा बागलुङ २०७५ माघ १७ । काँठेखोला गाउँपालिका वडा नं ५मा रहेको नवयुवक आधारभुत विद्यालय बिहुँले आयोजना गरेको अर्धबार्षिक परिक्षाफल प्रकाशन एवं अन्तरक्रिया कार्यक्रम समरोहमा बोल्दै काँठेखोला गाउंपालिका शिक्षा अधिकृत हरि आचार्यले शिक्षाले नै समाज मा चेतनाको स्तर बृद्धि गर्ने हुनाले बालबालिकाहरु को मनोभावनालाई हेरर शिक्षण सिकाई गर्नु पर्ने बताउदै यस विद्यालयले अभिभावक र ब्यबस्थापन समितिलाई दिईएको जिम्बेवारीले शिक्षक हरुलाई नै कजाई रहेका शैक्षिक गुणस्तर बृद्धि गराउन मदत पुग्ने बताएका छन्।

सो अवसर स्वगिर्य पिता खड्क बहादुर शाही पुन माता गौरा देवी शाहि पुनको स्मृतिमा छोरा हिरा बहादुर शाही पुन र छविमाया शाही पुन(हाल बेलायत) भक्तबहादुर शाही पुन चित्र कुमारी शाही पुन द्वारा १ लाख १ सय १ रुपैयाँको अक्षय कोष स्थापना गरेका छन्।

सो कार्यक्रममा श्रोत ब्यक्ति रमानन्द कडेंल प्र देवनारायण सापकोटा अभिभाकहरु भद्रि पुन भक्त बहादुर शाही पुन जमुना बि क लगाएतले बोलेकाे कार्यक्रमको स्वागत शिक्षिका अमृता सुनारले गरेकी थिईन। बालाकृष्ण सापकोटाको अध्य़तामा सम्पन्न भएको कार्यक्रमको संन्चालन शिक्षक अमर सेजुवालको रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply