Sorry, that menu does not exist.
 

बुद्ध माध्यमिक बिद्यालय भिङखालको ५३ औ बार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न !

दिनेश शर्मा, भिङखाल, बागलुङ २०७५ माघ २० । बडीगाड गाउपालिका ६ भिङखाल स्थित बुद्ध माध्यमिक बिद्यालयको ५३ औ बार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम शनिवार एक भब्य कार्यक्रमका बिच सम्पन्न भएको छ।

बिद्यालय ब्यवस्थापन समीतीका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षता र वडाअध्यक्ष मौसमकाजी क्षत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी क्षत्रीले पानसमा दीप प्रज्वलन गरी ब्यानर अनावरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा वडा न ५ का वडाअध्यक्ष अर्जुन प्रसाद खरेल ,७ का वडा अध्यक्ष कृष्ण गुरुङ ,९ का वडा अध्यष कृष्ण खत्री वडा न ६ का वडासदस्यहरु ,श्रोत ब्यक्ती चिरञ्जीवी पौडेल,महिला समाजसेवी गन्डकी थापा अधिकारी ,इलाका प्रहरी कार्यलय भिमगिठेका इन्चार्ज भोज बहादुर बानियाँ ,स्थानिय शिक्षाप्रेमी डिल बहादुर थापा, शिक्षक अभिभावक संघका अध्यक्ष मेहरसिँह के सी, ,वडासचिब सुरज कुमार मलेपती लगाएतको आतिथ्यता रहेको थियो।

बिद्यालय ब्यवस्थापन समीतिका पदाधिकारीहरु ,शिक्षक अभिभावक संघका पदाधिकारीहरु अभिभावक ,व्यापारी, बुद्दिजिबी,हरुको व्यापक उपस्थिती रहेको कार्यक्रममा प्रमुख अतिथी क्षत्रीले नबनिर्मित बिद्यालयको चारकोठे पक्की भवनको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी तथा बिशिष्ठ अतिथीहरुलाइ सम्मान समेत गरिएको थियो।

कार्यक्रममा बोल्दै बक्ताहरुले बिधालयको ब्यवस्थापन पक्ष र शैक्षिक पाटो अब्बल रहेकोमा प्रशंसा गर्दै कमजोर पक्षहरुको सुधार गर्दै बिधालय लाई नमुना बिधालयको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी क्षत्रीले बिद्यालयलाई उत्कृष्ट र नमुना बिद्यालय बनाउन आफू हरदम प्रयत्नशील रहेको बताउदै बिद्यालय सुधारको निम्ति सबै एक भएर अघिबढ्नुपर्ने मा जोड दिएका थिए।

माघ १८ र १९ गते दुई दिनसम्म चलेको कार्यक्रममा आन्तरिक तथा अन्तर बिधालयस्तरिय बिबिध प्रतिस्पर्धात्मक कार्यक्रमहरु सन्चालन समेत गरिएको थियो । कार्यक्रमको सिलसिलामा बिद्यार्थीहरुले सास्कृतिक तथा साङ्गीतिक प्रस्तुती मार्फत दर्शकहरुलाइ मनोरन्जन दिलाएका थिए।

कार्यक्रम शिक्षक महानन्द घिमिरेको स्वागत मन्तब्य बाट सुरु भएको थियो भने बिधालयको ईतिहास माथी शिक्षक खिमानन्द आचार्यले प्रकाश पारेका थिए । प्र अ कमल अधिकारीले बिद्यालयको प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए भने शिक्षक दिपक कुमार गिरिको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply