Sorry, that menu does not exist.
 

प्राविधिक शिक्षा अहिलेको आवश्यकता – जिसस उपप्रमुख भूषाल

कौरव खत्री, गुल्मी २०७५ माघ २३ । गुल्मीमा नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ मुसिकोटले आयोजित हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञको तेश्रो दिन पनि सम्मान तथा विविध कार्यक्रम सम्पन्न भएको छ ।

तेश्रो दिनमा सम्वोधन गदै प्रमुख अतिथि जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भूषालले अहिलेको युग प्रविधिको युग भएकाले समय सान्दर्भिक कार्य शुरुवात गरेकोले ग्रामिण क्षेत्रमा नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयले भोलिका दिनमा एउटा नमूना विद्यालय बनाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिए ।

सोही अवसरमा मुनपा ४ का वडा सदस्य बाल कुमारी राकसकोटी,त्रिभुवन मावि खर्वाङ्ग बाग्लुङ्ग शिक्षक बुद्धिवल चालिसे,रुद्रावति प्राविका मुनपा २ का शिक्षक प्रकास नेपाली वरिष्ठ चन्दादाताहरु लगायतको सहभागिता रहेको थियो ।

मुसिकोट नगरपालिका २ पात्लाकोट निवासी समाजसेवी ढुण्डीराज आचार्यले जग्गा र नगद रकम गरि विद्यालयको लागि २ लाख,१०हजार आर्थिक सहयोग गरेका छन् । समाजसेवी आचार्य महोत्सवको पहिलो चन्दादाताको रुपमा नाम लेखाएका छन् ।

यस्तै मुसिकोट नगरपालिका २ निवासी शिक्षाप्रेमी गोविन्द्र सार्की सोम सार्की प्रेम सार्कीले संयुक्त ७० हजार,६सय,६६ रुपैया सहयोग गरेका छन् ।

यस्तै सोही वडा निवासी समाजसेवी केशव बहादुर श्रीमालीले २५ हजार,५सय ५१रुपैया, र सोही वडा निवासी समाजसेवी पूर्ण बहादुर कार्कीले २५ हजार,५ सय,२५ रुपैया र कमलप्रताप सिंहले २५ हजार,५सय,२५ रुपैया आर्थिक सहयोग गर्ने चन्दादाताहरु लगायतका सपरिवारलाई बाजागाजा दोसल्ला सहित र सम्मान पत्रले सम्मान गरिएको थियो ।

यस्तै विद्यालयको लागि ५ हजार भन्दा बढि आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो ।

विद्यालयमा प्राविधिक कृषि शिक्षा सञ्चानार्थको लागि देखि माघ २१ गते शुरु गरिएको मुसिकोट शैक्षिक तथा धार्मिक हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ २९ गतेसम्म सञ्चालन भइरहेको छ ।

महायज्ञमा प. प्रमुख बाचक पुरुषोत्तमशरण शास्त्रीको मुखार विन्दुबाट कथा प्रवचन भइरहेको छ भने कार्यक्रममा संगितमय भजनकिर्तन र झाँकी समेत प्रस्तुत भइरहेको थियो ।

महोत्सवका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाबाट गरि झण्डै ५० लाख भन्दा चन्दा संकलन भएको विद्यालयका प्रधानाध्यापक महतले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply