बागलुङ २०७५ माघ २३ । बागलुङ नगरपालिका वडा नं. ५ मालिकाका गर्भवती महिलाहरुको पोषण प्रवद्र्धनका लागि अण्डा तथा क्याल्सियम वितरण गरिएको छ । महिला गर्भावस्था रहँदा अत्याधिक मात्रामा पोषणको आवश्यकता हुने भएकाले बागलुङ नगरपालिकाले पोषण प्रवद्र्धक अण्डा तथा क्याल्सियम वितरण गरिएको हो ।
अण्डा वितरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बागलुङका तथ्यांक सहायक घनश्याम सापकोटाले गर्भावस्थामा महिला तथा शिशुको शारिरिक बृद्धि विकास र प्रतिरक्षाका लागि आवश्यक पोषण अण्डा तथा क्याल्सियमबाट प्राप्त गर्न सकिने भएकाले यसको उपभोग गर्न सबैलाई आग्रह गरेका थिए ।
सापकोटाले सुनौलो हजार दिनको अवधीमा बच्चाको मष्तिष्कको ९० प्रतिशत विकास हुने भएकाले शक्ति तथा शारीरिक बृद्धि विकासमा मद्धत पु¥याउँने स्थानीय मकै, कोदो, दुध, दही, माछा, मासु, गेडागुडी, फलफुल तथा सागपातको उपभोग गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका नगर कार्यपालिका सदस्य कालिका सापकोटा, बागलुङ नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक सोमराज पाण्डेय, स्वयंसेविका सीता सापकोटा लगायतले बोलेका थिए ।
स्थानीय २० जना गर्भवती महिलालाई अण्डा तथा क्याल्सियम वितरण गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष एवं बागलुङ नगरपालिका वडा नं. ५ का अध्यक्ष शिवप्रसाद सापकोटा, स्वागत सिनियर अहेव विलासचन्द्र पौडेल र सञ्चालन स्वास्थ्यचौकी इन्चार्ज महेन्द्रप्रकाश शर्माले गरेका थिए ।
फोटो समावेश छ ।