घनश्याम गौतम, गल्कोट २०७५ माघ २४ । पढ्दै गरेका बिद्यार्थीहरुलाई जबर्जस्ती कक्षाकोठाबाट निकाल्ने अखिल छैठौँको गतिबिधी प्रति नेपाल बिद्याथी संघले आज एक बिज्ञप्ती प्रकाशित गरि ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल बिद्याथी संघ गलकोट बहुमुखी क्याम्पस ईकाई समितिले एक बिज्ञप्ती प्रकाशत गरि नेपाल बिद्यार्थी संघ गल्कोट बहुमुखी क्याम्पस ईकाई समितिमा आबद्ध विद्यार्थी साथीहरुको एकताबाट आत्तिएर गलत आरोप लगाएको जनाउदैं त्यो सरासर झुठ र मिथ्या भएको जनाएको छ ।
नेबिसंघ गल्कोटका कार्यकारी अध्यक्ष दिपक मल्लले हस्ताक्षर गरको बिज्ञप्तीमा भनिएको छ, ने.बि संघका बिधार्थीहरुको एकता र अनुशासनबाट अत्तालिएको आफैमा अस्तित्वको लडाई लडिरहेको अखिल छैठौले आफ्नो संगठनको आधार नदेखेपछी पढ्दै गरेका बिद्यार्थी हरुलाई जबर्जस्ती कक्षाकोठाबाट निकाल्ने जुन प्रयास गरियो त्यो बिधार्थी संगठन र शैक्षिक बाताबरणको लागि शोभा दिने बिषय होईन, आफुलाई जिल्लाको बिद्यार्थी नेता भन्ने तर कार्य भने अराजक तरिकाले गर्ने जुन कार्य देखिएको छ यस्तो कार्यलाई नेपाल बिद्यार्थी संघले नस्विकार्ने उल्लेख गरिएको छ ।
संघको बिज्ञप्तीमा भनिएको छ, बिगतमा भएका गल्कोट बिद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी संघको आयोजनामा क्याम्पस स्तरिय कार्यक्रम भैरहेको अबस्थामा हाम्रा विद्यार्थीहरु माथी भएको एक जघन्य प्रकारका सुनियोजित आक्रमणलाई हाम्रो संगठनले भुलेको छैन । यस्ता र यस्तै प्रकारका गतिबिधी बड्दै गएमा हाम्रो धैर्यतालाई कमजोरी संझेर हामीहरु माथी प्रहार हुने कुनै पनि गतिबिधिको हाम्रो संगठनले डटेर सामना गर्ने उल्लेख गरिएको छ ।
नेबिसंघले क्यापस शिक्षा आर्जन गर्ने पबित्र स्थल रहेकोले सबै बिधार्थी संगठनले आफ्नो तरिकाले शैक्षिक बिषय बस्तु र क्याम्पसमा बिद्यार्थी हरुको समस्याहरुको बिषय र सामाधानका उपायहरुलाई स्वच्छ प्रतिस्पर्धाबाट छलफल र निकासको बारेमा आफ्ना एजेन्डा लिएर माग राख्ने बहस गर्न छुट रहेको स्पष्ट पारेको छ ।
बिद्यार्थीहरुमा भ्रम छर्ने कार्य जो कोहि बाट भएका छन ती सबै पराजीत र आफ्नो अस्तित्व जोगाउने खेल मात्र रहेको र यस्ता अराजनितिक कार्य बाट नेपाल बिद्यार्थी संघमा आबद्ध भएका बिद्यार्थी साथिहरु बिचलित नहुने बिज्ञप्तीमा उल्लेख छ ।