Sorry, that menu does not exist.
 

फेब्रुअरी २८ मा संसार भर छरिएका पर्वतेलीहरु दुबईमा भेला हुने !

सचिन्द्र श्रेष्ठ, युएई २०७५ माघ २५ । ‘आजको आवश्यकता प्रवासी पर्वतेलीहरुको एकता, समुन्नत समाज, समृद्ध पर्बत निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी फेब्रुअरी २८ र मार्च १ मा यूएईको दुबईमा भब्य कार्यक्रमको आयोजना गरिएको छ। अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत सेवा समाज युएईको संयोजनमा उक्त कार्यक्रम तयारी दुबईमा धमाधम भईरहेको छ ।

पर्वत सेवा समाज युएईका अध्यक्ष परशुराम पौडेलका अनुसार आगामी फेब्रुअरी २८ र मार्च १मा हुन गईरहेको कार्यक्रममा पहिलो दिन फेब्रुअरी २८ मा अन्तरराष्ट्रिय पर्वत समाजको नियमित बैठक र पर्वतेलीहरुको बिशेष भेला गरिने छ भने मार्च १ मा नेपालबाट आएका कलाकार र स्थानिय कलाकारहरु सहितको बृहत सास्कृतिक कार्यक्रम गरिने छ ।

कार्यक्रमलाइ भव्य रुपमा सम्पन्न गर्न तथा बिभिन्न देशहरुबाट आउने पर्वतेलीहरुलाई न्यानो आतिथ्यता दिन हर सम्भव प्रयासरत रहेको कुरा कार्यक्रम संयोजक तथा अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष परशुराम पौडेलले जानकारी गराए ।

कार्यक्रममा भाग लिनका लागी बिश्वभर छरिएर रहेका पर्वतेलीहरु उस्साहित रहेको यूरोप, अमेरिका तथा ऑस्ट्रेलियाबाट उल्लेख्य सहभागी गराउने र कार्यक्रमको जानकारी लिन फोन, इमेलहरु मार्फत जानकारी गरिएको अन्तराष्ट्रिय पर्वत समाजका कोषाध्यक्ष बिनोद गिरीले बताए । सांगीतिक कार्यक्रमका लागी नेपालबाट कुलेन्द्र बिश्वकर्मा, कृष्ण समीप, सुष्मा लोहनी, बिमल राज छेत्री लगायत स्थानीय कलाकारको सहभागिता रहने समाजका अध्यक्ष पौडेलले बताए।

दुबईमा हुने कुम्भमेलाले केहि सकारात्मक कदम चाल्ने, एकापसमा बन्धुत्व, भाईचारा र सहयोगका लागी समाज निरन्तर अगाडि बढ़ने अंतरराष्ट्रीय समाज पर्वतका अध्यक्ष पूरण गिरीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply