कोपिला कंडेल, बागलुङ २०७५ माघ २५ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ब्युरो सदस्य एबं न्यायिक समितिका ईन्चार्ज दलसिहं खत्री मिसनले वर्तमान सरकारले गाउं गाउंमा दरबार खडा गरेर जनता चुस्ने काम गरेको आरोप लगाएका छन् ।
बागलुङ सदरमुकाममा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै खत्रीले जनता लुट्ने सामाजिक दलाललाई खोजी खोजी कारबाही गर्ने चेतावनी समेत दिए । उनले आफुहरुको न्यायिक समितिका बिभिन्न १३ वटा मुद्दा परेको जानकारी समेत दिए तर को कस माथी के मुद्दा परेको हो त्यो भने खोलेनन् ।
समाजका दलाल र राज्यबाट समेत पीडित बनेका केसहरु हामी संग आउछन् बिप्लव नेकपाका नेता मिसनले भने हामी संग आएका १३ मध्य ६ वटा केस मिलाएका छौ । वर्तमान न्याय ब्यवस्था समेत भ्रष्टाचार र कमिसनको दलदलमा फसेको चर्चा गर्दै उनंले कालोकोट लगाएर सेतो कुरालाई छिपाईरहेको आरोप समेत लगाए ।
वर्तमान दलाल राज्य सत्ताले जनताका जनजिविकाका सवालहरुलाई सम्बोधन गर्न नसक्ने भन्दै आफुहरु बैज्ञानिक समाजबादको लागि सघर्ष गरेको उनको दाबी थियो ।
वर्तमान संसदीय व्यवस्थाले जनतालाई न्याय दिन नसक्ने भन्दै आफुहरु एकिकृत जनक्रान्तिमा होमिने पनि उनको भनाई थियो ।
आम जनता सामु शिक्षाको पहुच पुर्याउनका लागि बैज्ञानिक शिक्षा नितीको जरुरी रहेको भन्दै मिसनले शिक्षा स्वास्थ्य र रोजगार राज्यको मातहतमा हुनुपर्नेमा जोड दिए ।
कार्यक्रम धौलागिरी सञ्चार क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता सदस्य डम्बर बुढाको स्वागत मन्तब्य र कोषाध्यक्ष कोपिला कंडेलको संचालनमा सम्पन्न भएको थियो ।