चन्द्रमणी न्यौपाने, गल्कोट २०७५ माघ २५ । चमुवा आधारभूत बिद्यालय गल्कोट नगरपालिका ४ चमुवाको ४० औ बार्सिकोत्सब तथा अभिभावक दिबसको अबसरमा आज दोस्रो दिन विभिन्न कार्यक्रम सम्पन्न भएका छन । अन्तर बिद्यालय स्तरीय हाजिरिजवाफ प्रतियोगितामा सहभागी ९ समुहमध्ये महेन्द्र माबी प्रथम, न्यु लाइफ आबसिय सेकेन्डरि बोर्डिङ स्कुल दितिय र नबप्रभात बोर्डिङ स्कुल तृतिय भएका छन भने अन्तर प्राथमिक बिद्यालय स्तरिय चित्रकला प्रतियोगितामा न्यु लाइफ सेकेन्डरी बोर्डिङ स्कुलका बिप्लब खरेल प्रथम, गोल्डेन फ्युचर बोर्डिङ स्कुलका राहुल थापा दितिय र नबप्रभात स्कुलका बिबेक सुनार तृतिय भएका छ्न । प्रतियोगितामा ६ बिद्यालयको सहभागिता रहेको थियो ।
कार्यक्रम बिद्यालय ब्याबस्थापन समिति अध्यक्ष रुद्रप्रसाद सुबेदिको अध्यक्षता, वडा अध्यक्ष बलबहादुर खत्रीको प्रमुख आतिथ्यता, शिक्षक हरिलाल सुबेदिको स्वागत मन्तब्य र शिक्षक टिकाराम सुबेदिको संचालनमा सम्पन्न भएको थियो ।
बिद्यालयमा अङ्ग्रेजी माध्यममा कक्षा संचालन गर्ने, भौतिक ब्याबस्थापन, पुस्तकालय र बिज्ञान प्रयोगशाला ब्याबस्थापन गर्ने, बिद्यार्थीलाइ सुचना प्रबिधिको प्रयोग गरि शिक्षक गर्न आबस्यक सामग्री ब्यबस्थापन गर्ने, बिद्यालयमा खेलमैदान ब्याबस्थापन जस्ता विभिन्न उदेश्य राखी व्यापक आर्थिक अभियान सुरु गरियको बताइएको छ । उक्त अभियानमा हालसम्म ३२ लाख चन्दा सन्कलन गरिएको प्रधानाध्यापक मुकुन्द सुबेदिको भनाइ छ । बार्षिकोत्सब २७ गते सम्पन्न हुनेछ ।