कौरव खत्री, गुल्मी २०७५ माघ २६ । गुल्मीमा नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ मुसिकोटले आयोजित हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञको पाँचौ दिन पनि सम्मान तथा विविध कार्यक्रम सम्पन्न भएको छ ।
पाँचौ दिनलाई सम्वोधन गदै प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले मुसिकोट बाइसे चौविसे राज्यमा एउटा शक्तिशाली राज्य भएकोले यसको आफ्नै इतिहास भएको भन्दै हाम्रा र्धम संस्कृतिलाई सबै मिलेर जर्गेना गनुपर्ने बताए ।
साथै सभापति श्रेष्ठले शिक्षाबाटै धेरै संम्भावनाहरुको खोजि गर्नुपर्ने भन्दै अवको शिक्षा वेरोजगारी हटाउने खालको रोजगारमुलक शिक्षा सिर्जना हुनु पर्नेमा जोड दिदै उनले भने विद्यालय भनेको सबैको साझा घर भएकोले सबै पक्ष मिलेर विद्यालयको विकास गनुपर्ने बताए ।
साथै उनले अव राजनितिक लडाई समाप्त भएकोले शैक्षिक र आर्थिक क्रान्ति बेला भएको भन्दै धार्मिक र आध्यात्मिकले शैक्षिक विकासमा थप बल पुग्ने बताए ।
सोही अवसरमा नेपाल महिला संघ गुल्मीकी सभापति लक्ष्मी पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अवसरमा नेपाल महिला संघ क्षेत्र नं. २ का क्षेत्रीय सभापति पार्वती गौतम, वरिष्ठ चन्दादाताहरु गेपाल रायमाझी,हरि बहादुर महत,मन बहादुर खत्री,नेकपाका नेता ज्ञानीश्वर घिमिरे, नेपाली काँग्रेस मुनपा २ का उपसभापति तुल बहादुर कार्की,लगायतको सहभागिता रहेको थियो ।
मुसिकोट नगरपालिका २ निवासी समाजसेवी तथा शिक्षाप्रेमी हरि कहादुर महतको सपरिवारबाट विद्यालयको लागि १ लाख,५१हजार१सय र मुनपा २ निवासी समाजसेवी बसन्त कार्कीबाट १लाख,१हजार,१सय,११ रुपैया र मुनपा २ निवासी समाजसेवी मान बहादुर खत्रीका परिवारबाट रु.५५हजार,१सय,०५रुपैया र मुनपा २ निवासी समाजसेवी लक्ष्मी नारायण घिमिरे परिवारबाट रु.५१हजार,१सय,११रुपैया तथा मुनपा २ निवासी समाजसेवी पदम विकबाट ५१ हजार,११रुपैया,मुनपा २ निवासी शिक्षाप्रेमी गोपाल रायमाझीबाट ३५ हजार,१सय सहयोग आर्थिक सहयोग गरेका छन् ।
महोत्सवमा विद्यालयलाई आर्थिक सहयोग गर्ने चन्दादाताहरु लगायतका सपरिवारलाई बाजागाजा दोसल्ला सहित र सम्मान पत्रले सम्मान गरिएको थियो ।
साथै विद्यालयको लागि ५ हजार भन्दा बढि आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो ।
विद्यालयमा प्राविधिक कृषि शिक्षा सञ्चानार्थको लागि देखि माघ २१ गते शुरु गरिएको मुसिकोट शैक्षिक तथा धार्मिक हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ २९ गतेसम्म सञ्चालन भइरहेको छ ।
महायज्ञमा प. प्रमुख बाचक पुरुषोत्तमशरण शास्त्रीको मुखार विन्दुबाट कथा प्रवचन भइरहेको छ भने कार्यक्रममा संगितमय भजनकिर्तन र झाँकी समेत प्रस्तुत भइरहेको थियो ।
महोत्सवका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाबाट गरि झण्डै ६५ लाख भन्दा चन्दा संकलन भएको विद्यालयका प्रधानाध्यापक महतले जानकारी दिए ।
कार्यक्रम महोत्सव मुल समारोह समितिका संयोजक कृष्णप्रसाद घिमिरेको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन भने सागर लम्साले गरेका थिए ।