Sorry, that menu does not exist.
 

अमर माध्यमिक बिद्यालय बिहुँको ५३औ बार्षिकाेत्सव भब्यरुपमा सम्पन्न !

भरत सापकाेटा, बिहुँ (बागलुङ) २०७५ माघ २८ । काँठेखोला गाउँपालिका वडा ५ बिहुँकोट पखरा स्थित अमर माध्यमिक विद्यालय ले ५३,औ बार्षिकाेत्सव समारोह सम्पन्न भएको छ। हरेक बर्ष सरस्वति पुजा कै दिन बिहानै बिद्यालयमा रहेको सरस्वति माताको मन्दिरमा बिधिवत पुजाअर्चना आरम्भ गरिएको विद्यालयका प्रवक्ता दामोदर पौड्यालले जानकारी दिए।

सो कार्यक्रम मा बोल्दै कार्यक्रम का प्रमुख अतिथि एवं पुर्व गाबिस अध्यक्ष कमलापति कडेंल बोल्दै बिद्यार्थिहरुको गहना अनुसास भएकाले शैक्षिक उपल्बधिलाई उचित ठाउँमा प्रयोग गर्न अनुसासित र विद्यार्थिको ईच्या शक्ति चाहिने बताउदै स्थापना कालम निक्कै दुखकष्टले स्थापना गरेको यस विद्यालय नमुना विद्यालय रुपमा सुचिकृत हुनु यस क्षेत्र को गौरव बिषय रहेका उनकाे भनाई थियो ।

सो अवसर विद्यालय को आर्थिक तथा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्राधानाध्यापक भिष्म कडेंल ले ०७४/७४को लेखारिक्षण प्रतिवेदन अनुसार कुल बचत १करोड ७०,लाख एक्काईस हजार छ सय नव्बे पैसा रहेको र यस शैक्षिक सत्र नेपाल सरकार बाट नमुना बिद्यालय कार्यक्रम मार्फत प्राप्त ,१करोड १लाख सतहत्तर हजार ३सय ५८रुपैया विद्यालय को आन्तरिक आम्दानि रु २८लाख ९७हजार सात सय ४९ कुल आम्दानि रु १करोड ३०लाख ७५हजार सात सय सात रुपैया र कुल खर्च रु १करोड १५,लाख ५०हजार चार सय त्रिचालिस रुपैयाँ जानकारी गराउदै गत आर्थिक बर्ष ७३/७४कुल बचत रु १करोड ५४लाख ९७,हजार रहेको बताएका छन् ।

सो कार्यक्रममा़ वडा सदस्य खगिसरा न्यौपाने जिपि फाउन्डेसन को अध्यक्ष महेन्द्र प्रसाद कडेंल बिहुँकोट समाज जापान का अध्यक्ष देबिलाल सुवेदि निर्माण समितिका संयोजक ग्यामनाथ कडेंल महिला नेतृ ग्यानकुमारी श्रीस बिद्यालय ब्यबस्थापन समितिका सदस्य प्रेम पुन कर्लिम आधार्भुत विद्यालय का प्र अ गौरिशंकर सुवेदि पुर्व विद्यायार्थिहरु नारायऩणदत्त कडेल दिपक कडेंल गंगा प्रसाद कडेंल राजु सापकोटा लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

सो कार्यक्रममा हाल आएरल्याडमा अध्ययन गर्दै आएक पुर्व विद्यार्थि समाजका संयोजक नायणदत्त कडेलद्वारा विद्याल १,सेट ईनसाईक्लोपिडिया पुस्तक हस्तान्तरण गरेका थिए भने बिहुँकोट समाज जापानका संस्थापक अध्यक्ष रिसिराम कडेंल र यस संस्थाकै कोषाध्यक्ष दिपक कडेंल द्वारा डिजिटलाईज प्रविधिबाट अध़्ययनमा सहयोग पुर्याउने उद्धेश्यले प्रोजेक्टर हस्तान्तरण गरेका थिए। सो विद्यालय स्थापित सुवेदि बालाकृष्ण गौरी अक्षय कोष पद्यमनाथ सापकोटा अक्षय कोष जगुपति सरस्वति अक्षय कोष अमृता स्मृति अक्षय कोष मणिभद्र अक्षय कोष परमानंन्द नन्दकलि अक्षय कोष लगाएतका अक्षय कोषहरुबाट प्राप्त रकमबाट जेहनदार मेहनति उत्कृष्ट नतिजा प्राप्त गर्ने बिद्यार्थिहरुलाई पुरस्कार र नगदी समेत हस्तान्तरण गरिएको थियो।

बिद्यालयका नि प्र अ रघुपति कडेंल ले स्वागत गर्नु भएको कार्यक्रम को सभापतित्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष शिव कडेंलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संन्चालन शिक्षक गणेश प्रसाद कडेंल गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply