Sorry, that menu does not exist.
 

गल्कोट नगरपालिकाको चौथो नगरसभा सम्पन्न : नगरपालिकाले लिने कर वैज्ञानिक हुनु पर्नेमा जोड !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ माघ २८ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नेतृत्व लिएपछि गल्कोट नगरपालिकाले चौथो नगरसभा सम्पन्न गरेको छ । नेपालको संबिधान, स्थानिय सरकार सञ्चालन ऐन गल्कोट नगरपालिकाको नगरसभा सञ्चालन नियमावली २०७४ अनुसार गल्कोट नगरपालकाको चौथो नगरसभा सम्पन्न भएको हो ।

नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख भरत शर्मा गैरेले संविधानले स्थानीय तहलाई दिएको अधिकार क्षेत्रभित्र रहेर सेवाग्राहीको सुविधालाई ध्यानमा राखी विभिन्न विधेयक, चालु बार्षिक बजेट, करका दरहरु, निर्दे्िशका तथा निति कार्य्िवधिहरु पारित गरिएको बताए ।

नगर सभामा नगर कार्यपालिकाको तर्फवाट प्रशासकीय अधिकृत अर्जुन शर्माले नगरपालिकाको प्रशासकीय कार्यबिधि नियमित गर्ने बिधेयक २०७५, गल्कोट नगरपालिकाको कृषि ब्यवसाय प्रर्वद्धन गर्ने बिधेएक २०७५, आर्थिक ऐन २०७५ प्रथम बिधेयक २०७५, फोहोर मैला ब्यवस्थापन बिधेएक २०७५, एफ एम रेडियो ब्यवस्थान तथा सञ्चालन कार्यबिधि २०७५ सर्वसमत पारित गरेको नगरपालिकाका प्रबक्ता हिम बहादुर भण्डारीले बताए ।

सभामा ब्यय अनुमान तथा योजना एवम कार्यक्रम संशोधन, हाल सम्म भएको खर्च फाँटबारी सम्बन्धमा, योजना बिवरण सम्बन्धमा समेत बिशेष छलफल भएको भण्डारीको भनाई छ । पारित कानुनहरु नगर प्रमुखले प्रमाणिकरण गरे लगत्तै कानुनको रुपमा नगरपालिका क्षेत्रमा लागु हुने नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले बताए ।

सभामा उपप्रमुख रेणुका काउचाले संशोधन प्रस्ताव प्रस्तुत गरेकी थिईन । संशोधन गर्न आवश्यक देखिएका केहि योजनाहरु नगरसभाबाट सर्वसम्मत पारित गरिएको प्रसाशकीय अधिकृत अर्जुन शर्माले बताए ।

सभामा बोल्दै वडा नम्बर २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तले नगरले शिक्षा र स्वास्थ क्षेत्रको बिकासका लागी बिशेष योजना बनाउनुपर्ने बताए । भण्डारीले हटियामा जेब्राक्रसिङ आवश्यकता, युवाहरुमा बढ्दो लागुपदार्थ दुब्र्यशन, खोलामा जथाभाबी स्काभेटर प्रयोग लगायतलाई न्युनिकरण गनुपर्नेमा जोड दिए । वडा नम्बर ३ का अध्यक्ष बिरजङ भण्डारीले नगरपालिकाले सर्वप्रथम स्थानियलाई हरेक क्रियाकलापमा पहिलो प्राथमिकता दिनुपर्ने बताए । बिगतका दिनमा नगरका केहि कामहरु जिल्लामा पठाउने परिपाटी भएको भन्दै उनले आगामि दिनमा यस्ता क्रियाकलापमा स्थानियलाई प्रोत्साहन गनुपर्नेमा जोड दिए । वाड नम्बर ८ का अध्यक्ष रामप्रसाद कडेलले नगरपालिकाको जग्गा ब्यवस्थापन गर्नका लागी सबैजनाको एकमत हुनुपर्ने बताउनुभयो । बिगतका दिनमा केहि ब्यक्तिहरुले आफुलाई पायक पर्ने ठाउमै नगरको केन्द्र हुनुपर्ने बताउदै आएको भएपनि आगामि दिनमा स्थानियको समस्यालाई ध्यानमा राखेर सबैको पायक पर्ने ठाउमा जग्गा ब्यवस्थापन गनुपर्ने बताए । वाड नम्बर १० का अध्यक्ष तिलक घर्ती मगरले कृषि कार्यक्रमलाई प्रभावकारी बनाउन सके मात्रै नगर समृद्धिको बाटोमा अगाडि बढ्ने बताए । उनले जनप्रतिनिधि प्रत्येक टोल टोलमा पुगेर मात्रै योजनाहरु समावेश गनुपर्ने बताए । अधिकांश वडामा बसेर योजना ल्याउने र कुना काप्चाका स्थानियले बिकासको अनुभुति गर्न नसकेको उनको भनाई थियो ।

वडा नम्बर ११ का अध्यक्ष डम्बर श्रीसले नगरपालिकाले लिने करलाई बैज्ञानिक बनाउनुपर्ने बिचार प्रस्तुत गरेका थिए ।

नगर सभामा वडा नम्बर ४ का अध्यक्ष बल बहादुर खत्री, वडा नम्बर ५ का अध्यक्ष नारायध्वज मल्ल, नगरकार्यपालिका सदस्य पदम कार्की, वडा नम्बर ६ का वडा सदस्य भिम बहादुर विक, वड नम्बर ७ का वडा सदस्य लोक बहादुृर थापा, , वाड नम्बर ७ का वाड सदस्य मिना कुमारी दर्जि लगायतले विभिन्न प्रस्ताव माथी आफ्नो मन्तब्य राखेका थिए ।

सभामा बोल्दै बक्ताहरुले नगरपालिकालाई समृद्ध बनाउनका लागी शिक्षा र स्वास्थमा बिशेष योजना बनाउनुपर्ने, नगरपालिकाको केन्द्र तत्काल टुङगाई जग्गा ब्यवस्थापन गनुपर्ने, नगरपालिकाले लिने करलाई बैज्ञानिक बनाउनुपर्ने, टुक्रे योजनालाई कम गनुपर्ने, कृषि क्षेत्रलाई प्रमुख योजनामा समावेश गनुपर्ने, मध्यपहाडी लोकमार्ग आसपासमा जग्गाको मापदण्ड कायम, फोहोर ब्यवस्थापन लगायतका बिषयमा आफनो भनाई प्रस्तुत गरेका थिए । नगरसभा नगरप्रमुख गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो । समग्रमा नगरसभा सभ्य तरिकाले सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply