Sorry, that menu does not exist.
 

राजमार्ग अवरोध हटाउने जिल्लास्तरीय समन्वय समितिको पहिलो बैठक :
पुष्पलाल मध्यपहाडी लोकमार्गको हाल सम्मको प्रगति ७ दिन भित्र पेसगर्न निर्देशन !

दिनेश शर्मा, बागलुङ २०७५ माघ २८ । राजमार्ग अवरोध हटाउने जिल्लास्तरीय समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालय बागलुङमा समितिका सदस्यहरु, जिल्ला स्थित सरकारी कार्यालयहरुका प्रमुखहरु लगायत सरोकारवालाहरुको पहिलो बैठक सम्पन्न भएको छ ।

बैठकमा गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटाले राजमार्ग सुचारु बनाउने तथा जिल्लाका विकास निर्माण उपस्थित सरोकारवालाहरुलाई जिल्लाको विकास निर्माण तीब्र गराउन र थप प्रभावकारी सेवा प्रवाह गर्न उत्साही हुनुपर्ने बताएका थिए ।

बैठकमा प्रजिअ खरेलले पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण कार्यमा आयोजना प्रमुख सिनियर डिभिजन ईन्जिनियर रमेश दृष्टिले गरेको अथक प्रयासको सराहना गर्दै तोकिएको समयमा लोकमार्ग निर्माण हुनेमा विश्वास व्यक्त गरे ।

आजको पहिलो बैठकले राजमार्ग अवरोध हटाउनका लागि तत्काल गर्नुपर्ने कार्यहरुका बारेमा विभिन्न निर्णय गरेको छ ।

सो बैठममा मध्यपहाडी लोकमार्गको १३५ किमी बागलुङ खण्डको आयोजनाका आयोजना प्रमुखले लोकमार्गको निर्माण अवस्था बारे प्रस्तुत विवरण माथी सहभागीहरुबीच छलफल गरी तत्तत् खण्डका समस्या र समाधानका विषयमा बिस्तृत छलफल भएको संयोजक प्रजिअ खरेलले ईबागलुङलाई जानकारी दिए ।

बैठकमा मध्यपहाडी लोकमार्ग आयोजनाले बागलुङ खण्डका ठेक्काहरुमा तत्क्षेत्रको निर्माण कार्य कति प्रतिशत सम्पन्न भएको छ र निर्माण अवधि कहिले सम्म छ ? आदि हाल सम्मको विवरणहरु एक हप्ता भित्र र त्यसपछी प्रत्यक महिनाको ५ गते हुने कार्यालय प्रमुखहरुको बैठकमा लोकमार्गको प्रगति अवस्था पेश गर्ने निर्णय समेत भएको प्रजिअ खरेलले बताए । बैठकमा लोकमार्ग निर्माणका क्रममा बाधा अबरोध आईपरेमा लिखितरुपमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउने पनि निर्णय भएको छ । साथै मध्यपहाडी लोकमार्ग सुसम्पन्न गर्नका लागी सबै सरोकारहरु पक्षबीच आपसी समन्वय गर्ने र समयमै आयोजना सम्पन्न गर्न प्रतिवद्ध हुने निर्णय समेत भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्र पन्तले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply