निर्मल पौडेल पर्वत २०७५ माघ २९ । राईजिङ नेपाल सिड्नी अष्ट्रेलियाको आयोजनामा पर्वतका २ विधालयमा न्यानो कपडा संगै शैक्षिक सामाग्री वितरण गरिएको छ । पर्वतको कुस्मा नगरपालिकाका ३ दुर्लुङमा रहेका काफलचौर माध्यमिक विधालय र जनाश्रम प्राथामिक विधालयमा टोपी, व्याग र सुईटर वितरण गरिएको हो ।
आज विधालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी काफलचौर माविका ५० र जनाश्रम प्राविका १४ जना विधार्थीहश्रलाई उक्त सामाग्री वितरण गरिएको समाजसेवी गणेश गुरुङले जानकारी दिएका छन् । कार्यक्रममा सामाग्रीहरु वितरण गर्दै प्रमुख अतिथी तथा कु.न.पा. ३ दुर्लुङका वडा अध्यक्ष तेज प्रसाद पाध्याले न्यानो कपडा वितरणले विधार्थीहरुलाई राहत मिलेको वताए । पाध्याले राईजिङ नेपाल सिड्नी अष्ट्रेलिया लाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि विधालयमा अन्य सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा काफलचौर माध्यमिक विधालयका प्रअ लक्ष्मण गौतम , समाजसेवी धनराज गुरुङ झलक गरुङ लगायतले वोलेका थिए । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष प्रताप गिरीको अध्यक्षता र शिक्षक दिवाकर पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । केही दिन अगाडि पर्वतका उच्च भागमा हिमपात भएसंगै जाडो वढेका कारण विधालयमा विधार्थीहरुको न्युन उपस्थिती रहेको विधालय स्रोतले वताएको छ ।