टिकाराम भट्टराई,बुर्तिबाङ,२०७५ फागुन १ । ढोरपाटन नगरपालिकामा बुधवार २४ औं जनयुद्ध दिवस मनाईएको छ । दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ढोरपाटन नगर संयन्त्रले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्ने वक्क्ताहरुले महान योद्घा शहीदहरुकै योगदान र वलिदानकै कारण देशमा गणतन्त्र आएको बताएका थिए । कार्यक्रममा शहीद परिवार र बेपत्ताका परिवारलाई फूल अविर र खादाले सम्मान गरिएको थियोे ।
कार्यक्रमका पूमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटिका सदस्य मोहनलाल शर्माले जनयुद्ध र शान्तिपूर्ण आन्दोलन कै कारण देशमा गणतन्त्र आएको बताउँदै देशबाट राजतन्त्रको अन्त्य भएको हुँदा यसलाई मनन गर्न जरुरी रहेको बताए । महान योद्घा शहीदहरुकै वलिदानले देशमा गणतन्त्र आएको स्मरण गर्दै उनले सहादत प्राप्त गर्नेहरु प्रति भावपूर्ण श्रद्घाञ्जली अर्पण गरेका थिए । शर्माले कम्युनिस्ट सरकारलाई ढाल्नकै निम्ति नेपाली काँग्रेसले विभिन्न बाहना बनाई आन्दोलन गर्न लागिपरेको आरोप समेत लगाए ।
कार्यक्रमका अतिथी रहेका जिल्ला संयन्त्र कमिटीका सदस्य थमलाल निउरेले शहीदहरुको सपनालाई साकार पार्नकै निम्ति भएपनि वर्तमान अवस्थामा आरोप प्रत्यारोप भन्दा वास्तबिक कम्युनिष्ट एक भएर अगाडि बड्नु पर्नेमा जोड दिएका थिए । दुई ठुला बाम शक्ति पूर्व एमाले र पूर्व माओवादी बीच समाजवाद उन्मुख राष्ट्र निमार्णका निम्ति रहेको उल्लेख गर्दै उनले जनआन्दोलनका क्रममा मारिएका शहीदहरुलाई सदैव उच्च सम्मान सहित सम्झनु पर्ने जनाएका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ढोरपाटन नगर संयन्त्र अध्यक्ष लक्ष्मण पुनको अध्यक्षता रहेको उक्त कार्यक्रममा नेकपाका तुल्सीराम अर्याल, ढोरपाटन नगरपालिकाका प्रमुख तथा युवा नेता देव कुमार नेपाली,उप प्रमुख करमति पुन,नेकपाका ददिराम शर्मा,क्रान्तिकारी माओवादीका निल बहादुर पुनले शुभकामना सहित मन्तब्य राखेका थिए ।
ढोरपाटन नगरपालिका भित्रका नेकपाका नेता कार्यकर्ता,शुभचिन्तक लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ढोरपाटन नगर संयन्त्र सदस्य चन्द्र अर्यालले गरेका थिए ।