Sorry, that menu does not exist.
 

निसीखोलामा एक कार्यक्रमका वीच २४ औं जनयुद्ध दिवस सम्पन्न !

झम सिर्पाली निसीखोला २०७५ फागुन १ । ्निसीखोला गाउँपालिकामा आज नेपाल कम्युनिस्ट पार्टी नेकपाले एक कार्यक्रम गरि २४ औं जनयुद्ध दिवस मनाएको छ । बि।सं। २०५२ फागुन १ गते देखि तत्कालीन नेकपा माओवादीले सशस्त्र जनयुद्ध सुरुगरेको थियो त्यसैको स्मरणमा हरेक बर्ष फागुन १ गतेलाई पार्टीले जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ ।

त्यसै अवसरमा आज निसीखोलामा संचालित उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका गण्डकी प्रदेश सदस्य प्रेम घर्तिमगरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी घर्ती मगरले जनयुद्धकै जगबाट नेपाल संघिय गणतान्त्रिक नेपालमा परिणत हुनुका साथै संघीयता, धर्मनिरपेक्षता, समानुपातिक पद्धति समेत जनयुद्धकै उपज रहेको बताए । उनले दलाल पुँजीवादको अन्त्य गर्दै राष्ट्रिय पुँजी निर्माण गरि समाजवादको आधार तयार गर्ने चरणमा पार्टी रहेको समेत दाबी गरे।

पार्टी कार्यकर्ता तथा सम्पुर्ण सम्पुर्ण पार्टी शुभचिन्तकलाई इंकित गर्दै उनले साम्यवादको लक्ष्यमा पुग्न सबै जनता आर्थिक रुपमा सम्पन्न हुनु जरुरी भएकाले सबैलाई उत्पादनशील कार्यमा लाग्न आग्रह गरे । कार्यक्रममा नेकपा निसिखोला पार्टी संयन्त्र सदस्य तथा वडा नं २ का वडाध्यक्ष कुबिर विश्वकर्मा, वडा नं ३ का वडा सदस्य नर बहादुर शाही, पुर्व माओवादी केन्द्र जिल्ला सल्लाहकार तारा बहादुर घर्ती, पुर्ब जनमुक्ति सेना पुरन लोप्चन लगायतको मन्तव्य रहेको थियो ।

पार्टीको गाउँपालिका स्तर तथा वडा स्तरका संयन्त्र सदस्यहरू, विभिन्न जनबर्गिय भाद्रीसंगठनका सदस्यहरु, पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिति रहेको उक्त कार्यक्रम निसीखोला पार्टी संयन्त्र सदस्य रुद्रप्रसाद पौडेलको अध्यक्षता वडा नं २ पार्टी संयन्त्र सदस्य ईद बहादुर रसाइलीको स्वागत मन्तव्य तथा निसिखोला पार्टी संयन्त्र सदस्य कुशल बुढामगरको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply