बुर्तिवाङ २०७५ फागुन १ । जनसंञ्चार सहकारी संस्थाव्दारा सञ्चालित सामुदायिक रेडियो परिवर्तन ९२ मेगाहर्जले ८ औँ विश्व रेडियो दिवसको अवसर पारि आज बुर्तिबाङमा बिरामी तथा शारीरिक अशक्तहरुलाई फलफुल वितरण गरेको छ भने संचालक र रेडियो कर्मचारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
प्राथमिक स्वास्थय केन्द्र बुर्तिबाङमा रहेका बिरामी र उत्तर गंगा माध्यमिक बिद्यालयमा रहेका शारीरिक अशक्त भएका विद्यार्थीहरुलाइ फलफुल वितरण गरिएको हो ।
फलफुल वितरणपछि रेडियोमा आयोजित कार्यक्रममा सामुदायिक रेडियो परिवर्तनका प्रबन्ध निर्देशक लोकेन्द्र सुनारले पत्रकार एवं संचारकर्मीहरुले सामाजिक उत्तरदायित्व सहितको पत्रकारितालाई जोड दिनुपर्ने बताए । पछिल्लो समयमा सामुदायिक रेडियोहरु जनताको भरपर्दाे संचार माध्यम भएकाले रेडियोको विकासमा राज्यले समेत ध्यान दिनुपर्ने उनको भनाई थियो । प्रवन्ध निर्देशक सुनारले सामुदायिक रेडियो परिवर्तन स्थापना कालदेखि नै सामाजिक कार्यहरुमा उत्तरदायित्व बहन गर्दै आएको र रेडियो दिवसको अवसरमा बिरामी तथा शारीरिक अशक्त भएका ब्यक्तिहरुलाई सहयोग गर्न पाउनु निकै खुसिको कुरा भएको बताए ।
कार्यक्रममा रेडियो संचालक तथा कार्यसमितिका पदाधिकारीहरु, रेडियो कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
जिल्लाको पश्चिम क्षेत्रमा सञ्चालित रेडियो जनताको आवाज समाज रुपान्तरणको संम्बाहक भन्ने मुल नाराका साथ बि.स. २०६८ सालमा स्थापना भएको थियो । रेडियोले आफ्नो बार्षिक उत्सव तथा बिभिन्न दिवसहरुमा सामाजिक काम गर्दै आएको छ । बिहान ५ बजे देखि रातको ११ बजेसम्म दैनिक रुपमा १८ घण्टा प्रसारण हुँदै आएको छ । रेडियोले समाचारमुलक, शिक्षामुलक, मनोरञ्जनात्मक, ज्ञानबर्दक तथा जनचेतनामुलक कार्यक्रम संञ्चालन गर्दै आएको छ ।