Sorry, that menu does not exist.
 

मिलनचोक केन्द्र कायम गर्न माग गर्दै हजारौँ जनताव्दारा जिल्ला प्रशासन घेराउ !

प्रकाश पौडेल/महेन्द्र केसी, पर्वत कुस्मा, २०७३ चैत ६ । जलजला गाउपालिकाको केन्द्र मिलन चोक हुनुपर्ने माग गर्दै त्यस गाउपालिका भित्र समावेस गरिएका साबिक गाविसका पीडित जनताहरुको विशाल जुलुसले यतिबेला पर्वत जिल्ला प्रशासन कार्यालय घेराउ गरिरहेको छ । उनीहरुले तोएिको केन्द्र सदरमुकाम भन्दा पनि टाढा भएको जिकिर गरेका छन् ।

जलजला गाउपालिकामा समावेश गरिएका साविक बनौँ, बाँसखर्क, माझफाँट, लेखफाँट, धाईरिङ, नाङलीवाङ र सालिजा गाविसको केन्द्र मिलनकेन्द्र कायम नगरी साबिक माझफाट गाविसको कार्यालय तोकिएपछी अधिकाँश गाउपालिकावासी विरोधमा उत्रिएका हुन् ।

एक किलोमिटर भन्दा लामो जुलुसमा हजारौँको संख्यामा आएका जनताहरु विभिन्न नारावाजी गर्दै कुस्मा सदरमुकाम परिक्रमा गरेका छन् । जुलुसमा बच्चालाई काखमा लिएका महिलाहरु, बृद्धबृद्धाहरु देखी युवा युवतीहरुको व्यापक सहभागिता रहेको छ ।

कु्श्मा बजारको परिक्रमा पछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयका गेट अगाडि उनीहरुले अहिले नाराबाजी सहित विरोधका कार्यक्रमहरु गरीरहेका छन ।

मिलन चोक केन्द्र कायम हुनुपर्ने माग गर्दै गत चैत ३ गते मिलनचोकबाट मिलनचोक केन्द्र कायम हुन माग गर्दै निस्केको विशाल जुलुसले कुस्मा बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको थियो । हिँजो शनिवार पनि पौडलबन्धुहरुको कार्यक्रममा सहभागी हुन कुस्मा आएका स्थानीयतह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलको विरुद्धमा केन्द्रपीडित जलजला गाउँपालिकावासीले कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेका थिए । पौडेलका विरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

केन्द्रको विषयलाई लिएर आन्दोलित बनेका जलजला गाउँपालिका अन्तरगतका ६ गाउँ विकास समितिका बासिन्दाहरुको आन्दोलनमा राजनीतिक दलहरुले एक्केबद्धता जनाएका छन । जिल्लाका शिर्ष राजनीतिक दलहरुले धाईरीङ, शालीजा, नाग्लीवाङ ,बनौ खोलाखेत फटके ढुङ्गलगायत क्षेत्रका बासिन्दालाई अपायक पर्ने क्षेत्रमा केन्द्र राखिएकोमा आफूहरु पनि दुखि भएको भन्दै नैतिक सर्मथन गरेका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply