भरत सापकोटा, बिहुँ (बागलुङ) २०७५ फागुन ३ । काठेखोला गाउपालिका ५ बिहुँ पखरामा आयोजित एक दिने स्वास्थ्य शिविरमा महिला, पुरुष, बालबालिका गरी १ हजार ७ सय जना लाभान्वित भएका छन् । पखरा स्थित अमर मा वि को प्राङ्गणमा उक्त शिविर आयोजना गरिएको थियो ।
१७०० सेवाग्राहीले लाभ लिएको यो शिवर काठेखोला गाउँपालिका का ८,६,४,५,१,२,र गल्कोट नगर पालिकाबाट समेत सेवाग्राही आएका थिए।
सो नि:शुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नसा राेगका ३१० जना, पेट छाति मुटुराेगका ३०० जना महिला राेगका २१० जना दाँत राेगका २१० जना भिडियो एक्सरे गर्ने २४० जना सुगर राेग सम्वन्धी २५० जना र बाल राेगका १७० जना गरि १७ सय विरामीहरूले नि:शुल्क स्वास्थ परीक्षण गराएका छन् । सोहि स्थानमा आएका अधिंकाश विरामीहरु बाथ युरिकएसिड नसा खुम्चिएको ढाड दुख्ने नशा झमझाउने ,महिला संम्बन्धि सेतोपानि बग्ने योनि चिलाउने,पाठेघर दुख्ने ,तल्लो पेट दुख्ने कट्टि कम्बर खाने लगाएत समस्याहरु देखिएको महिला विशेषज्ञ डा सरोज अधिकारीले बताए।
जापान समाज विहुँकाेटकले आयोजना गरेको विहुँकाेट समाज जापान केन्द्रीय कार्यालय टाेकियाे र शाखा कार्यालय कान्साई क्षेत्रकाे आर्थिक सहयोग, साहारा अस्पताल पाेखरा, आम डेन्टल हाेम बागलुङको प्राविधिक सहयोगमा साे शिविर सम्पन्न भएको हाे ।
जापान समाज विहुँकाेटका अध्यक्ष गाैरिशङ्कर सुवेदीकाे सभापतित्व, अर्जुन वाण गणका गणपति भुवनराज देवकोटाकाे प्रमुख अातिथ्यतामा सञ्चालन भएको अाैपचारिक कार्यक्रमको स्वागत यसै संस्था सदस्य ज्ञान कुमारी श्रीष शर्मा र सञ्चालन जापान समाज विहुँकाेटका सह सचिव सुदर्शन कँडेलले गरेका थिए।