Sorry, that menu does not exist.
 

कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनका लागीे प्रथम बलेवा महोत्सव !
उद्योगपति ढकालले गरे महोत्सवको उद्घाटन : पाठक, पौडेल र शर्मा तीनै जना संघीय सांसद नदारत !

महोत्सवको प्रबर्द्धकमा बानपा-११ रायडाँडा समावेश नगरिनु भित्र के छ अर्थ ?

किरण आचार्य, बागलुङ २०७५ फागुन ३ । बागलुङ नगरपालिका-१४ नारायणस्थान चौरमा प्रथम बलेवा महोत्सव फागुन २ गते सुरु भएको छ । महोत्सव फागुन १२ गते सम्म सन्चालन हुने छ । ‘शिक्षा, खेलकुद, कला र संस्कृतिको पहिचान, बलेवाको पर्यटन बिकास र प्रबद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन प्रमुख अतिथी ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकालले गरेका हुन् । उनी अमलाचौर निवासी चर्चित उद्योगी व्यवसायी हुन् । पछिल्लो समय महोत्सव, मेला, वार्षिकोत्सव आदि कार्यक्रममा कुनै उद्योगपति, धनाढ्य व्यक्तित्वलाई प्रमुख अतिथी बनाउने प्रचलन बढेको छ ।

उद्घाटन समारोहको अध्यक्षता नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष भरत बागलुङेले गरेका थिए भने स्वागत मन्तव्य कमल कुमार जीसीको रहेको थियो । कार्यक्रमको सन्चालन नारायण श्रेष्ठले गरेका थिए ।

महोत्सवको उद्घाटन समारोहमा विभिन्न जात जातीका भेष भूषा, पन्चेबाजा, भजनकीर्तन, लाखे नाँच लगायत विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो । महोत्सव स्थलमा भकुण्डेको मुलाबारीबाट उडान भरेको प्याराग्लाईडिङबाट पुष्प बृष्टि गरिएको थियो । महोत्सव स्थलमा निर्माण गरिएका स्टलहरु उद्घाटनका अवसरमा धेरै खाली नै थिए ।

महोत्सवका कार्यक्रमहरुमा प्रत्यक दिन विविध प्रतियोगिताहरु आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा चर्चित लोक गायक गायिकाहरुबाट सांगीतिक प्रस्तुति, म्याराथुन दौड, रत्यौली गीत, दोहोरी गीत, खुल्ला भलिबल प्रतियोगिता, बिद्यालयस्तरीय नृत्य प्रतियोगिता, कवि सम्मेलन आदि कार्यक्रम रहेका छन् ।

कृष्ण गण्डकी क्याम्पस, नारायणस्थानको शैक्षिक उन्नयनका लागी नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानको आयोजना र कृष्ण गण्डकी क्याम्पसको सह आयोजना, आईएमई गोरखा ब्रेअरीको प्रायोजन तथा बागलुङ नगरपालिकाकां १०, १२, १३ र १४ नम्बर वडाहरु प्रबर्द्धक रहेकाे प्रथम बलेवा महोत्सव उद्घाटन समारोहमा संघीय सांसद त्रय डा. सूर्य पाठक, देवेन्द्र पौडेल र दीनानाथ शर्माको अनुपस्थिति चर्चाको विषय बनेको थियो । स्मरणीय के छ भने सांदस त्रय बागलुङ नगरपालिका-१३ अमलाचौर निवासी हुन् ।

बलेवा भन्नाले पैयुँपाटा, अमलाचौर, कुस्मीसेरा, रायडाँडा, भकुण्डे र नारायणस्थान भन्ने बुझिदै आएको छ । यी सबैको कोट भैरवस्थान हो । बलेवा महोत्सव नामाकरण गरिएको यस महोत्सवमा बागलुङ नगरपालिकाको वडा नं १० साबिक भकुण्डे गाविस, वडा नं १२ साबिक पैँयुपाटा गाबिस, वडा नं १३ साबिक अमलाचौर गाविस र वडा नं १४ साबिक नारायणस्थान गाविसलाई प्रबर्द्धक बनाईनु र वडा नं ११ साबिक रायडाँडा गाविसलाई अलग गरिनुको औचित्यपनि धेरैले बुझ्न सकेका छैनन् ।

प्याराग्लाईडिङको तस्वीर फेसबुक ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply