Sorry, that menu does not exist.
 

बागलुड भकुण्डेको भैरव माध्यमिक विद्यालयमा अध्ययन सस्कृति विकास लागि अनुशिक्षण कार्यक्रम !

बागलुङ २०७५ फागुन ५ । बागलुङ जिल्लाको बागलुड नगरपालिका वडा नं. १० भकुण्डेमा रहेको भैरब माध्यमिक विद्यालय विद्यार्थीहरुका लािग एक दिने सकारात्मक सोच,उत्प्रेरणा, पठन संस्कृति (अध्ययन संस्कृति ) अभिवृद्धि गरि व्यक्तित्व विकास गराउने उद्देश्यले अभिभावक,शिक्षक र विद्यार्थीहरुको लागि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीहरुमा घटदो पठन पाठन संस्कृतिलाई बढाउनको लागि र व्यक्तित्व विकास गर्नलाई जागरण वढाउनको लागि भैरव माध्यमिक विद्यालय भकुण्डे,बागलुडको विद्यालयमा सम्पन्न भएको छ । सो विद्यालयको कक्षा ८,९,११ र १२ विद्यार्थी गरी ६० जना विद्यार्थीहरुको लागि अनुशिक्षण तथा सहजीकरण भएको थियो ।

विद्यार्थीहरुमा सकारात्मक सोच विकास गर्ने,पठन संस्कृतीको विकास गर्न उत्प्रेरणा गराउने उद्धेश्यले एक दिने प्रशिक्षण कार्यक्रमको सहजीकरण तमानखोला गाउँपालिकाका लेखापाल तथा स्थानीय भकुण्डे बासिन्दा याम बहादुर थापाले सम्पन्न गरेका थिए ।

भैरव माध्यमिक विद्यालय भकुण्डे बागलुडको अनुशिक्षणमा विद्यालयका प्रध्यानापक किसान प्रसाद सापकोटा, शिक्षक टेक बहादुर थापा मगर , खिम बहादुर थापा,लोक बहादुर राना,सिद्धि पौडेल, ठगेन्द्र थापा मगर, देवी थापा मगर, उमा शर्मा,खगराज रिजाल, नर बहादुर थापा,पुर्ण शर्मा लगायतको समेत सक्रिय सहभागिता रहेको थियो ।

विद्यालयका शिक्षक खिम बहादुरले सकारात्मक सोच,उत्प्रेरणा कार्यक्रम जागरणमुलक कार्यक्रम बारम्बार गर्नु पर्ने बताए ।

यस भन्दा अगाडी रेश नुन्थला माध्यमि विद्यालय,काठेखोला, न्यु मोडेल इगलिस बोर्डिड स्कुल रेश,काठेखोला, शिवालय आधारभुत विद्यालय भकुण्डे,चौतारे डाडा माध्यमिक विद्यालय भकुण्डे, मगला आधारभुत विद्यालय तमानखोला, खोलेस्वाङ आधारभुत विद्यालय,बोगादोभान, विष्णु आधारभुत विद्यालय नर्जाखानी, हिल साइड बोर्डिङ स्कुल तमान,शान्ति माध्यमिक विद्यालय खुंखानी, जनजागृति माध्यमिक विद्यालय,बोगादोभान, धनगौ ज्योति माध्यमिक विद्यालय तमान, प्रकाश माध्यमिक विद्यालय खुंगा,त्रिभुवन माध्यमिक विद्यालय खरवाङमा अध्ययन संस्कृति विकास गर्न, अनौपचारिक शिक्षा हासिल गर्नको लागि उत्प्रेरणामुलक अभियान थालनी गर्न प्रशिक्षण गरेका थिए । हाल सम्म विद्यार्थी,शिक्षक,अभिभावक लगायत कुल २ हजार ५ सय जना भन्दा बढीलाई अनुशिक्षण सम्पन्न भएको समेत सहजकर्ता थापाले बताए ।

प्रशिक्षणमा स्थायी साथी किताब बनाउनु पर्ने,पुुस्तकालयमा अध्ययन गर्ने बानीको विकास गर्ने, अध्ययन गर्न लागेको विद्यालयको पोशाकमा अनिवार्य फोटो खिचेर फेसबुकमा अपलोड गर्ने,जन्म दिवस,नयाँवर्ष,दशै तिहारमा पुस्तक उपहार दिने संस्कारको विकास गर्ने,वाक कलाको विकास गरी व्यक्तित्व विकास निर्माणमा ध्यान दिने,दया लाग्दो जीवन शैली नभई डाह लाग्दो जिवन शैली अपनाउनको लागि संघर्षशील जिवनयापन गर्ने, खोज अनुसन्धानमुलक अध्ययनमा निरन्तर लागि पर्ने जस्ता विभिन्न शैलीको अनुशीक्षण गरिएको थियो ।

आगामी दिनमा बागलुङ जिल्लाका नगरपालिका तथा गाउँपालिका सँग समन्वय गरी जिल्ला भरीका विद्यार्थीहरुलाई समेत सकारात्मक सोच,उत्प्रेरणा तथा अध्ययन संस्कृतिको विकास र विस्तार गर्न प्रशिक्षण कार्यक्रम गरिने योजना समेत रहेको छ । तमानखोला गाउँपालिकाका लेखापाल तथा सहजकर्ताले आफुले विगत वर्षहरुमा सकारात्मक सोच, उत्प्रेरणा,अध्ययन संस्कृति विकास गर्ने कार्यक्रमहरु बागलुङ बजार,भकुण्डे,पाला,तंग्राममा गरेकोले सो तालिममा सहभागीहरु लोक सेवा आयोगका परिक्षाहरुमा पास भै बृत्तिविकास गरेको जानकारी दिए । नोकरीको शिलशिलामा विगत तमानखोलाको गाउँ गाउँमा भ्रमण गर्दा जनचेतनाको स्तर न्युन भएको पाएकोले केही मात्रामा भएपनि राहत हुने किसिमले निशूल्क रुपमा सहजीकरण गरेको र आगामी दिनमा जिल्लाका सबै विद्यालयमा सम्पर्क हुन आएमा अनुशिक्षण गर्ने सोच रहेको समेत प्रशिक्षक याम बहादुर थापाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply