Sorry, that menu does not exist.
 

गल्कोटमा डा. भट्टराईले भने- ‘कम्युनिष्ट सरकारको समयमा देशमा भ्रष्टाचार मौलाउनु लज्जास्पद !’

गुमानसिँह भण्डारी, गल्कोट २०७५ फागुन ५ । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिकास र समृद्धिलाई आफनो पार्टीले राष्ट्रिय एजेण्डा बनाएर लैजाने बताएका छन् । मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा–२०७५’ को अवसरमा गल्कोटमा आयोजना गरिएको जनसम्वाद कार्यक्रममा बोल्दै डा भट्टराईले अबको पाँच बर्षमा गरिबी अन्त्य गर्ने, १५ बर्षमा मध्यम स्तरमा पुग्ने र २५ बर्षमा विश्वकै धनी देशको रुपमा बिकास गर्ने आफनो पार्टीको लक्ष्य रहेको बताए । दुई तिहाईको कम्युनिष्ट सरकार भएको समयमा समेत देशमा भष्टचार मौलाईरहेको भन्दै डा भट्टराईले यो कम्युनिष्ट पार्टी आफैको लज्जास्पद बिषय भएको खुलासा गरे ।

उनले राजनीतिक उपलव्धी हाँसिलका लागि कांग्रेस, एमाले र माओवादीले पालैपालो संघर्ष गरेको भन्दै भट्टराईले ‘अब पालो आर्थिक विकास दौडको भएको उल्लेख गरे । देशको आर्थिक विकासका लागि पुर्वाधार निर्माणमा बजेट छरेर मात्रै विकास नहुने भन्दै एकीकृत योजनाहरु बनाएर अघि बढ्नुपर्नेमा उनको जोड थियोे ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर लगायतका पाँचवटा कोरिडोरले समग्र देशको सडकको प्रतिनिधित्व गर्नेगरी काम सुरु गरिएको भन्दै भट्टराईले नयाँ सोचका साथ विकास निर्माणका काममा अघि बढ्न सबै राजनीतिक दलहरुलाई सुझाव पनि दिए । आफुले मध्यपहाडी लोकमार्ग आसपासको अवस्था र विकासलाई बुझेर प्रतिवेदन तयार गर्न अभियान चलाएको भन्दै उनले विकासको खाकासहितको प्रतिवेदन तयार गरिने दाबी गरे । भ्रष्टाचारबाट कोहीपनि मुक्त नभएको भन्दै भट्टराईले देशको भ्रष्टाचार रोक्न लोकपालको व्यवस्था हुनुपर्ने बताए ।

अख्तियार जस्ता नियमनकारी निकायमा नै चरम भ्रष्टाचार रहेकाले नयाँ व्यवस्थाको खोजी अपरिहार्य रहेको उनको भनाई थियो । ‘देशमा स्रोत साधनको अभाव छैन, हामीले समृद्धिका लागि कयौं काम गर्न सक्छौं’ भट्टराईले भने । गल्कोट उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा नेकपा गल्कोट संयन्त्र सदस्य चन्द्रदत्त रेग्मी, नेपाली काग्रेस गल्कोट नगर सभापति नारायणध्वज मल्ल, राष्ट्रिय जनमोर्चाका गल्कोट अध्यक्ष टंक केसी, वडा नम्बर ३ का वडा अध्यक्ष वीरजङ भण्डारी, गलकोट माद्यमिक बिद्यालयका प्रध्यानाध्यापक देबेन्द्र खत्री लगायतले मन्तब्य राखेका थिए ।

त्यस्तै कार्यक्रममा सहभागी झबि भण्डारी, झहर बहादुर खत्री, राम बहादुर खत्रीले आआफनो जिज्ञासा तथा गुनासो ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले गल्कोटमा बैदेशिक रोजगारीको प्रभाव, मध्यपहाडी लोकार्गको मापदण्ड घटाउनुपर्ने, गल्कोटको शैक्षिक प्रणाली कमजोर, पर्यटकीय क्षेत्रहरु ओझेलमा लगाएका बिषय प्रस्तुत गरेका थिए ।

कार्यक्रम उद्योग बाणिज्य संघ गल्कोटका अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष ढालेन्द्रप्रसाद गौतमको स्वागत मन्तब्य र चिन्तामणि शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply