बागलुङ २०७५ फागुन ५ । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित ‘जिपी कोइराला फाउण्डेसन’ बागलुङ शाखाले पूर्णता पाएको छ । आईतबार फाउण्डेसनका अध्यक्ष महेन्द्र कंडेलले फाउन्डेसनलाई पूर्णता दिएका छन ।
कंडेललाई केही समय अगाडी गण्डकी प्रदेशका संयोजक शारदा पौडेलले बागलुङका लागि संयोजक तोकेकी थिईन । संयोजक कंडेलले १५ सदस्य कार्यसमिति बनाई फाउण्डेशन जिल्ला कार्यसमितिलाई पुर्णता दिएका छन । समितिको सह–संयोजकमा जयराम भारी सचिवमा विकास पौडेल,र कोषाध्यक्षमा कल्पना हमाल पाठक रहेका छन । त्यसैगरी समितिको सदस्यहरुमा ओमकार थापा, ज्ञानेन्द्रराज पन्त, नविन विश्वकर्मा, डाक्टर रञ्जित सापकोटा, यमदत्त कंडेल, शिवराज पन्त, नारायण रिजाल, सुदिप राजभण्डारी, हुमा रिजाल, सन्तोष जिसी र शिशिर पन्तलाई मनोनित गरिएको छ ।
फाउण्डेसनले नौ सदस्यिय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा पुर्व सांसद गोविन्द प्रसाद शर्मा कंडेल, टंक प्रसाद कंडेल, रत्ना शेरचन, पार्टिका पुर्व सभापति हरिप्रसाद श्रेष्ठ, मणिभद्र शर्मा कंडेल, प्रकाश शर्मा पौडेल, काँग्रेस जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, फाउण्डेशनका पुर्व संयोजक तथा पुर्व सांसद नरबहादुर पुन निरज, पार्टीका निवर्तमान उपसभापति जगदिशचन्द्र उपाध्याय रहेको अध्यक्ष कंडेलले जानकारी दिए ।
गिरीजा प्रसाद कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ उनकै पुत्री सुजाता कोइरालाले स्थापना गरेको प्रतिष्ठानले नेपालका सात प्रदेश र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गर्दै आएको छ । फाउण्डेशनले जिल्लामा आगामी दिन शान्ति प्रक्रियाको बारेमा बहस गर्ने र समाजिक क्षेत्रका काममा अग्रता देखाउने लक्ष्य राखेको