गल्कोट २०७५ फागुन ५ । गलकोट ईङलिस सेकेण्डरी स्कुल गल्कोट नगरपालिका ७ आगाॅखेतको २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।
वार्षिकोत्सव समुदघाटन पछि बोल्दै प्रमुख अतिथि धौलागिरी बहुमुखी क्याम्पस बागलुङका सहप्रध्यापक डा दिन बहादुर थापाले अहिलेको दोहोरो शिक्षा नितिमा धेरै चुनौतिहरु रहेकाले शैक्षिक क्षेत्रले चाहेजस्तो फडको मार्न नसकेको र समुदाय र सरकारको लगानी खेर गईरहेको बताए । निजी क्षेत्रमा व्यवस्थापन पक्ष अब्बल र मेहनतका कारण नतिजा प्रशंसनीय रहेको थापाले बताए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद तथा विद्यालयका पुर्व विद्यार्थी थम्मन थापा सन्देश, प्यावसन गुल्मीका सचिव सुर्य प्रसाद सापकोटा, देउराली प्राथमिक विद्यालयका प्रधानध्यापक केहरसिंह थापा, शिक्षाप्रमी होम बहादुर थापा र अभिभावक भुमा खड्काले शुभकामना मन्तव्य राखेका थिए ।
वार्षिकोत्सवमा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो भनें विद्यार्थीहरुले गीत नृत्य तथा विभिन्न कलाहरु सॅगै पिटी तथा मार्च पास प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रिन्सीपल होम बहादुर क्षेत्रीले प्रस्तुत गरेका थिए ।
विद्यालयमा हाल २३५ जना विद्यार्थीहरु अध्ययनरत छन । कार्यक्रम गलकोट ईङलिस सेकेण्डरी स्कुल गलकोट नगरपालिका ७ आगाॅखेतका विद्यालय व्यवस्थापन समितिका सदस्य छुम बहादुर थापाको अध्यक्षता, शिक्षक टिकाबहादुर जिसी र विद्यार्थी मञ्जिल गौतमको स्वागत तथा शिक्षक मिन केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।