Sorry, that menu does not exist.
 

नेपाल मा वि ताराको स्वर्ण महोत्सव आन्तरिक कार्यक्रम सहित सुरु !

खगेन्द्र विश्वकर्मा, ताराखोला २०७५ फागुन ६ । नेपाल मा वि ताराको स्वर्ण महोत्सव आज फागुन ६ गते आन्तरिक कार्यक्रम सहित सुरु भएको छ । मुलसमारोहको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट आउदो फागुन १० गते हुने कार्यक्रम रहेको बिद्यालयले जनाएको छ ।

कार्यक्रममा कक्षा युकेजी र नर्सरीको चक्लेट टिपाइमा प्रथम हिम्मत पान्डे र युना बि क व्दितीय, महेन्द्र बि क दिपशिखा खत्री र तृतीय शर्मिला पटेल र बिबेक परियार भएका छन। कक्षा १ को बेलून फुटाइ खेलमा प्रथम कृष्ण बि क द्वितीय बिमल बि क र तृतीय झरना खड्का, कक्षा २ को चम्चा दौडमा प्रथम बिबेक बिक द्वितीय सोफिया थापा र जीवन बिक अस्बिन पान्डे तृतीय भएका छन । कक्षा ३ को अङ्ग्रेजी नेपाली शब्द निर्माणमा प्रथम हिमाल पुन र द्वितीय सुबासाना परियार, तृतीय सोनाम थापा भएका छन् । कक्षा ४र५को छात्र हाँसको हिडाइमा प्रथम राजु राई द्वितीय पारस खड्का र तृतीय मौसम बिक रहेका छन । कक्षा ४र५को छत्रा पिठोमा सिक्का टिपाइमा प्रथम अस्मि दर्जी द्वितीय जस्मिन रोका तृतीय सन्ध्या चोखल भएकाछन।

त्यसैगरी ४ सय मिटरको छात्रा दौडमा प्रथम लक्ष्मी थापा द्वितीय सिमा खत्री ,तृतीय संगीता बि क भएका छन र छात्र तर्फ थमन परियार प्रथम ईश्वर परियार द्वितीय जग बहादुर घर्ती तृतीय भएका छन ।

आन्तरिक कार्यक्रम सगै खुल्ला कार्यक्रम सुरु तथा नाम दर्ता खुल्ला गरिएको छ । कार्यक्रम मुल समारोह एबं बि ब्य स का अध्यक्ष दिबस खत्रीको अध्यक्षता प्रअ थमप्रसाद रोकाको स्वागत शिक्षक एब सन्चार सदस्य बिबेक परियारको सन्चालनमा भयको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply