Sorry, that menu does not exist.
 

राप्रपाव्दारा हिन्दु राष्ट्रको माग गर्दै संसदमा संविधान संशोधन विधेयक दर्ता !

काठमाडौँ २०७३ चैत ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद सचिवालयमा धर्मनिरपेक्षता भन्ने पदावलि हटाएर ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’भन्ने बाक्यांश राख्न संविधान संशोधन विधेयक दर्ता गरेको छ । निर्वाचन आयोगले विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाई दिएपछि राप्रपाले संविधान संशोधन विधेयक दर्ता गरेको हो ।

आईतवार संसद सचिवालय पुगेर राप्रपाका सांसदहरु कुन्ती शाही, जयन्त चन्द, बिक्रम बहादुर थापा, सुशिलकुमार श्रेष्ठ, भाष्कर भद्रा र भक्तबहादुर विक खपांगीव्दारा हस्ताक्षरित संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

संशोधन प्रस्तावमा संविधानको धारा ४ को उपधारा १ मा संशोधन आवश्यक भएको उल्लेख गर्दै ‘धर्मनिरपेक्ष भन्ने पदावलीको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ भन्ने बाक्यंश राख्ने भनिएको छ ।

सो संशोधन प्रस्ताव संसद सचिवालयमा गैर सरकारी विधेयकको रुपमा दर्ता भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply