Sorry, that menu does not exist.
 

प्रजातन्त्रको संस्थागत बिकासका लागि सबै सरोकारवाला जिम्मेवार र जवाफदेही बन्नुपर्छ : प्रजिअ खरेल

कोपिला कंडेल, बागलुङ २०७५ फागुन ७ । प्रजातन्त्र दिवस मुल समारोह समिति र निर्वाचन कार्यालय बागलुङले संयुक्त रुपमा ६९ औँ प्रजातन्त्र दिवस तथा तेस्रो निर्वाचन दिवस बागलुङमा प्रभातफेरी सहित मनाइएको छ । हुलाक चोकबाट निस्केको बिभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधी राजनीतिक दल पत्रकार सहितको समुहले प्रभातफेरीले बजारका बिभिन्न भागको परिक्रमा गरी समिक्षालय चोकमा पुगेर समापन गरिएको थियो ।

सो अवसरमा शुभकामना व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले प्रजातन्त्रको संस्थागत बिकासका लागि राष्ट्रसेवक कर्मचारी लगायत सबै सरोकारवाला जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताए । प्रजातन्त्रको बाटो अल्मलिँदा मुलुकपछि पर्ने भन्दै जनताले प्रजातन्त्रको अनुभूति गर्ने गरेर काम गर्नु सबैको दायित्व भएको उनको भनाई थियो ।
प्रजातन्त्रको संस्थागत विकास आवश्यक रहेको भन्दै प्रजातन्त्र व्यवस्था मात्र नभई व्यवहार भएकाले व्यवहारमा उतारेर संस्थागत गर्नुपर्ने प्रजिअ खरेलले बताए ।

चुनावसंगै जनताका प्रतिनिधि आएपछि जनताले धेरै विकासको आशा गरेको भन्दै अब समृद्ध नेपाल बनाउने जिम्मा जनप्रतिनिधीको काधमा आएको सहभागीले बताएका थिए ।

सोही अवसरमा जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख बिकासचन्द्र शर्माले आर्थिक समृद्धि संग प्रजातन्त्रको विकास जोड्नुपर्ने बताए । निर्वाचन र प्रजातन्त्र एक आपसका परिपुरक भएको चर्चा गर्दै उनले दुबैलाई ब्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिए । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ मा निर्वाचन भएको दिनको स्मरणमा यो दिवस मनाउन सुरू गरेको हो ।

लोकतन्त्रको मेरुदण्ड मानिएको निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि निर्वाचन आयोगले २०७३ सालबाट निर्वाचन दिवस मनाउने घोषणा गरेको थियो ।

मुलुक संघीयतामा प्रवेश गरेसँगै आयोगले यसैवर्ष तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न समेत गरेको शर्माले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले ठुलो बलिदान र सघर्ष बाट प्राप्त भएको प्रजातन्त्रलाई बचाई राख्न सबै ईमान्दारीता पुर्बक लाग्नुपर्नेमा जोड दिए । विक्रम संवत २००७ साल फागुन सात गते एक सय चार वर्षे जहानियाँ राणा शासनको अन्त्य भएर देशमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन प्रजातन्त्र दिवस मनाइन्छ ।

कार्यक्रम जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षता, बागलुङ नगर कार्यपालिकाको कार्यालयका प्रमुख भिमबहादुर कुँवरको स्वागत र ससबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply