घनश्याम गौतम, गल्कोट २०७५ फागुन ९ । गल्कोट नगरपालिका वडा नं ५ र वडा नं ६ जोड्ने राजाको झोलुङे पुलबाट स्थानियले जोखीमको यात्रा गर्न बाध्य भएका छन् । गल्कोट नगरपालिका ५ र ६ जोड्ने दरमखोलाको राजाको झोलुङे पुल जीर्ण बन्दा स्थानियले जोखिम मोलेरै भएपनि यात्रा गर्न बाध्य भएका हुन् । पुलको बिचमा काठको फल्याकहरु राखिएको छ । पुलको बिचमा राखिएका काठको फल्याकहरु कुहिएका छन भने पुलको लठा समेत बढी हल्लिने गरेको स्थानिय गोपाल खत्रीले बताए । एकातिर खोलामा मोटरेबल पुल बनेको छैन भने अर्को तिर झोलुङ्गे पुल समेत जीर्ण बन्दा उक्त पुल हुदै यात्रा गर्ने यात्रीलाई समस्या पर्ने गरेको छ ।
सरोकारवाला निकायहरुको ध्यान जान नसक्दा गल्कोटको चिनारीको रुपमै रहेको राजाको पुल धराममा रहन पुगेको स्थानीयको गुनासो रहेको छ ।
स्थानियले जोखिम मोलेरै यात्रा गरिरहेको टुलुटुलु हेरिरहेको स्थानिय सरकारले सम्पदा मर्मतमा चासो नदिएको स्थानियले आरोप लगाएका छन् । स्थानिय गोपाल खत्रीले राजाको पुल मर्मतको लागी पटकपटक नगरपालिका, बडा नम्बर ६ तथा ५ को कार्यालयमा जानकारी गराएको बताए । खत्रीका अनुसार लिखित रुपमा पनी नगरपालिकामा जानकारी गराएको हो तर सुनुबाई भएन । गल्कोट नगरपालिकाले भने उक्त पुल मर्मतको लागी प्राबिधिक निरिक्षण सम्पन्न भएकोले केही दिन भित्रै मर्मत गरिने जनाएको छ । राजाको पुलमा केही फ्याक कुहीएको अबस्था रहेछ, नगर प्रमुख भरत शर्मा गैरेले भने स्थानिय सरकारले यस्ता सम्पदाको संरक्षण गरि मर्मत गर्न स्टीमेट तयार पारेको छ, केही दिनमै उक्त पुल मर्मत गरिने उनले बनाए । पुलबाट दैनिक सयौँ विद्यार्थी लगायत स्थानिय करिब १ हजार जना भन्दा बढि यात्रूहरुले दरम खोला वारपार गर्ने गरेका छन् ।