Sorry, that menu does not exist.
 

बुर्तिबाङमा कृषकहरुको समुहव्दारा ढोरपाटन दुग्ध डेरी एवंम मिष्ठान्न भण्डार सञ्चालनमा!

टिकाराम भट्टराई,बुर्तिबाङ, २०७५ फागुन १० । ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ बजारमा दुग्ध उत्पादक कृषकहरुको समुहले ढोरपाटन दुग्ध डेरी एवंम मिष्ठान्न भण्डार शुक्रबारदेखी सञ्चालनमा ल्याएको छ ।

कार्यक्रमका प्रमुख अतिथी तथा ढोरपाटन नगरपालिकाकी उप प्रमुख करमती पुनले दीप प्रज्वलन सहित ब्यानर अनावरण गरी कार्यक्रमको उद्घाटन गर्दै दुग्ध उत्पादक कृषकहरुको यस कार्यको प्रशंसा गरिन । उनले कृषकहरुको यस प्रकारकोे प्रयासलाई ढोरपाटन नगरपालिका र आफ्नो ब्यक्तिगत तर्फबाट सक्दो सहयोग रहने जनाएकी समेत थिईन । उपनगरप्रमुख पुनले एकतामा नै बल हुने जनाउदैँ कृषक समुहहरु पनि यसरी नै एक जुट भएर काम गरेमा सफलता पाईने उल्लेख गरिन् । सुरुवाती एकता क्षणिक नभई निरन्तर हुनुपर्नेमा जोड दिदैँ गरेमा जे पनि सम्भव रहेको उनको भनाई थियो ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशांसकीय अधिकृत धन प्रसाद पोखरेलले ढोरपाटन नगरपालिकाले कृषि क्षेत्रमा राम्रै रकम छुट्याईएको भएपनि विभिन्न विपत आईपरेको हुनाले अन्य क्षेत्रमा केहि बजेट परेको र केहि रकम बाकीँ रहेको र अर्को आ व मा छुट्याईने जानकारी दिए । ढोरपाटन दुग्ध उत्पादक कृषक समुहमा आवद्घ कृषकहरुको यो कार्य केहि वर्ष नाफामुखी भन्दा पनि सेवामुखी हुनुपर्ने जनाउदैँ पोखरेलले सधैँ एकै नासको दुग्ध उत्पादन गरेको खण्डमा अन्य स्थानहरुमा पनि निर्यात गर्न सजिलो हुने तर्क राखेका थिए ।
यस क्षेत्रमा छरिएर रहेका कृषकले उत्पादन गरेको दुधलाई सङ्कलन गरी दुधको मुल्यमा एकरुपता ल्याउने,शुद्घ सफा दुध ग्राहक सम्म पु¥याउने र बढि भएको दुधलाई जिल्ला बाहिर निर्यात गर्ने गरी स्थानिय ३३ सदस्य समिति गठन गरी उक्त समुहले दुग्ध डेरी एवंम मिष्ठान्न भण्डार सञ्चालनमा ल्याएको हो ।

३३ जना कृषकहरुबाट रु २–२ हजारका दरले रु ६६ हजार सङ्कलन गरी आवश्यक केहि सामाग्री किनिएको छ भने प्रति महिना प्रति कृषक रु ५० रुपैयाँ बचत गर्ने गरिएको समुहका अध्यक्ष कृष्ण कंडेलले बताए । बुर्तिबाङ बजारमा केहि वर्ष यता व्यक्तिगत रुपमा ३ वटा दुध डेरीहरु सञ्चालनमा रहेका थिए भने ढोरपाटन दुग्ध डेरी एवंम मिष्ठान्न भण्डार सगैँ ४ ओटा पुगेका छन ।
डेरीमा यस क्षेत्रका कृषकले उत्पादन गरेको दुध सङ्कलन गरिने छ बताईएको छ । हाललाई बेच्नको लागी एकजना कर्मचारी राखिएको अझै अर्को एकजना थप्ने पनि समुहले जनाएको छ ।

कृषक समुहमा अझै केहि कृषकहरु पनि थपिने क्रम जारी जनाउदै अध्यक्ष कंडेलले अर्को कर्मचारी नराखुन्जेल प्रत्येक दिन १ महिना सम्म १ जनाका दरले सदस्यहरु खटिने जानकारी दिए ।

ढोरपाटन दुग्ध उत्पादक कृषक समुहका अध्यक्ष कृष्ण कंडेलको अध्यक्ष्यता रहेको कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, वडा नम्बर २ का वडा अध्यक्ष युवराज महत, वडा नम्बर ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ति मगर, नगर प्रमुखका स्वकीय सचिव केशर छन्त्याल,समाजसेवी शालिकराम शर्मा,दल बहादुर भण्डारी,पशु कार्यलय बुर्तिबाङकी टेकमायाँ खड्का,कृषि सेवा केन्द्र बुर्तिबाङकी प्रकृति छन्त्याल,कृषक समुहको तर्फबाट कृषक तथा वडा नम्बर २ का वडा सदस्य प्रेम चालिसे लगायतले मन्तब्य राखेका थिए । ढोरपाटन दुग्ध उत्पादक कृषक समुहका सचिव चन्द्रलाल पाण्डेको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको सञ्चालन टिकाराम भट्टराईले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply