Sorry, that menu does not exist.
 

इस्कोनले अन्तर्राष्ट्रिय कलाकारद्वारा वैदिक संस्कृतीसँग सम्बन्धित “महारात्रि” साँस्कृतिक साँझ आयोजना गर्ने !

बागलुङ २०७५ फागुन १० । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ, बागलुङ शाखाले शिवरात्रिको पावन अवसरमा आगामी फागुन १५ गते बुधवार १० देशका ३० जनाभन्दा बढी अन्तराष्ट्रिय कलाकारहरुको वैदिक संस्कृतीसँग सम्बन्धित प्रस्तुती हुने कार्यक्रम “महारात्रि”को आयोजना गर्न लागेको छ ।

राष्ट्रको समग्र विकासमा धर्म, संस्कार तथा संस्कृतीको पनि अहम् भूमिका हुने तथा धार्मिक पर्यटनका माध्यमबाट समाजको सकरात्मक प्रगति हुने कुरालाई आत्मसात गर्दै इस्कोनले यो कार्यक्रम आयोजना गर्न लागेको शाखाका अध्यक्ष परमेश्वर अच्युत दासले ईबागलुङ लाई बताए ।

नेपाली संस्कृती विदेशी प्रस्तुती मूल नारा रहेको कार्यक्रममा विदेशी कलाकारले नेपालको स्वदेशी संस्कृती, रामायण, महाभारत , शिवरात्रि आदिमा आधारित नाटक तथा नृत्यहरु प्रस्तुत गर्नेछन । कालीगण्डकी फिल्म हलमा सीमित सिट क्षमतामा गर्न लागिएको उक्त कार्यक्रममा भाग लिनलाई आयोजकलाई ९९८४६५८१२०९० सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्न आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रम गैरनाफामुलक भएपनि आयोजना खर्च जुटाउन टिकटको प्रवन्ध गरिएको र अतिरिक्त रकम उठेमा सामाजिक कार्यमा खर्च गर्ने योजना रहेको पनि आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त गायक थानेश्वर गौतम लगायतका कलाकारहरुको पनि प्रस्तुती रहने जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply