Sorry, that menu does not exist.
 

बुर्तिबाङमा शुरु भएको निःशुल्क आँखा शिविरमा पहिलो दिन ५ सय भन्दा बढिले सेवा लिए

सुमन सुनार, बुर्तिबाङ २०७५ फागुन ११ । ढोरपाटन नगरपालिका –१ बुर्तिबाङमा सुरुभएकोे निःशुल्क आँखा उपचार तथा मोतिविन्दुको अपरेशन शिविरमा पहिलो दिन ५ सय ५० जनाले सेवा लिएका छन् ।

ढोरपाटन नगरपालिकाको आर्थिक सहयोग तथा स्थानिय व्यवस्थापन, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा तिन दिन सम्म जारी रहने उक्त शिविरको आज पहिलो दिन करिव ५ सय ५० जना आँखाका रोगीहरुले सेवा लिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.कृष्णहरी श्रेष्ठले जानकारी दिए ।

मेडिकल अधिकृत श्रेष्ठका अनुसार शुक्रबार ५० जना मोतिविन्दु भएका रोगीहरु फेला परेको र आज शनिबार देखि उनिहरुको शल्यक्रिया प्रारम्भ गरिने छ । अन्य आँखाका रोगीहरुको चेकजाँज पछि आवश्यक औषधी तथा चस्मा वितरण गरिएको मेडिकल अधिकृत श्रेष्ठको भनाई छ । पश्चिम बागलुङका ढोरपाटन सहित बडिगाड, निसी र तमानखोला लगायत आसपासका क्षेत्रका नागरिकहरुले सेवा लिएका छन् ।
शिविरमा हिमालय आँखा अस्पताल पोखराका आँखा रोग विशेषज्ञ डा. हरिमायाँ गुरुङ सहितको विशेषज्ञ डाक्टरहरुद्धारा चेकजाँज तथा उपचार भैरहेको मेडिकल अधिकृत श्रेष्ठले ईबागलुङलाई बताए ।

शिविरमा जटिल खालका अपरेशन गर्नुपर्ने विरामीहरुका लागि खान, बस्नका लागि ढोरपाटन नगरपालिकाले व्यवस्थापन गरेको छ । यस अघिका शिविरमा नाम दर्ता तथा टिकट बापतको शूल्क लिइदै आएकोमा यस पटक भने पुर्ण रुपमा निःशूल्क गरिएको छ । शिविर १२ गते आईतबार सम्म जारी रहने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply