बागलुङ, २०७५ फागुन ११ । यहि फागुन १० गतेका दिन सन्राइज आवासीय माध्यमिक विद्यालयमा साँस्कृतिक महोत्सव आयोजना गरियो । उक्त महोत्सवको अवसरमा गायन, नृत्य, फेन्सी ड्रेस र प्रतिभा पहिचान प्रतियोगिता आयोजना गरिएको थियो ।
कक्षा ९ मा अध्ययनरत मनिता मिजारले गायन आइडल , कक्षा १० की सुजता रुचालले डान्सस्टार र कक्षा ८ की अनिसा के.सीले टयालेन्ट शो अवार्ड जित्न सफल भएका छन् ।
४० जना विद्यार्थी सहभागी रहेको फेन्सी डे्रस प्रतियोगितामा पुुर्व प्रा.वि. समुहमा समिप्ता श्रेष्ठ प्रथम, आभास वोहोरा व्दितिय र एन्जिला शर्मा तृतिय र कक्षा १ – ५ समुहमा बर्षा थापा प्रथम, नेन्सन थापा व्दितिय र रविन वोहाराले तृतिय स्थान प्राप्त गर्न सफल भएका छन ।
त्यसै गरि १५ जनाको सहभागिता भएको गायन प्रतियोगितामा मनिता मिजार प्रथम, निकुसा श्रीस व्दितिय, साइमन क्षेत्री तृतिय र शङकर के.सी. र समिर शर्माले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।
एकल र समुह गरि २८ समुह विच भएको नृत्य प्रतियोगितामा एकल नृत्य तर्फ सुजता रुचाल प्रथम, सन्तोस रुचाल व्दितीय र सुन्दर किसानले तृतिय स्थान प्राप्त गरे भने, सामुहिक नृत्य तर्फ कक्षा १–६ समुहमा आसिकाको समुह प्रथम, बर्षा थापाको समुह व्दितीय मंगेश सुनार तृतिय भएका थिए भने कक्षा ७ – १२ समुहमा आकृति मिजारको समुह प्रथम, निसाको समुह व्दितीय र आयुशाको समुह तृतिय स्थान प्राप्त गर्न सफल भए ।पहिचान प्रतियोगितामा अनिसा के.सी प्रथम, चिरञ्जिवी रिजालर सुसान्त गुरुङ र रिति शर्माले तृतिय स्थान प्राप्त गर्न सफल भएका छन ।
विद्यालयका संस्थापक तिलक बहादुर रिजालको प्रमुख आतिथ्यता , विद्यालयका पुर्व विद्यार्थी एवं कलाकार पुस्कर वोहोरा र रविन खडकाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिति रिजालले शुभकामना मन्तव्य दिएका थिए भने कलाकार पुस्कर वोहोरा र रविन खडका सुमन रुचालले साँस्र्कतिक प्रस्तुत गरेका थिए ।
विद्यालयका अध्यक्ष निर बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भाइस प्रिन्सिपल मनोज कुमार पौडेले स्वागत मन्तव्य र शिक्षिका भुमिकलाथापा र प्रिन्सिपल चन्द्र बहादुर क्षेत्रीले कार्यक्रम सञ्चालन गरेका थिए ।